चुनावमा खटिएको सेनाको गाडी दुर्घटना, ११ घाइते
कात्तिक ३ । घोषित ४ मंसिरको निर्वाचनका लागि खटिएको नेपाली सेना सवार रहेको गाडी धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
चुनावी सुरक्षाका लागि पूर्वी पृतना इटहरीबाट सेना लिएर धनकुटातर्फ जाँदै गरेको लु १ ग ९६ नम्बरको सेनाको गाडी भेडेटार–मुलघाट सडकको कार्कीछाप नजिकै ब्रेक फेल भएर दुर्घटना भएको हो ।
एक्कासि ब्रेक फेल भएपछि चालकले भित्तामा ठोक्काएका कारण गाडी भिरबाट खस्नबाट जोगिएको प्रहरीले जनाएको छ ।
घाइतेको धरानस्थित वीपी कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये दुईको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति:
October 20, 2013