छ महिना सहमतिसम्म सहमतिको प्रयास त्यसो नभए निर्वाचन प्रक्रिया : प्रचण्ड
असोज । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा संविधान निर्माणका लागि छ महिना सहमतिका लागि प्रक्रिया अगाडि बढाइने र त्यसो हुन नसके निर्वाचन प्रक्रियामार्फत सबै विषयवस्तुलाई टुङ्गो लगाइने बताएका छन् ।
एमाओवादी काठमाडौँ क्षेत्र नं १ ले मंगलवार आयोजना गरेको दसैँ शुभकामना कार्यक्रममा उनले संविधानसभामा शासकीय स्वरुप, राज्यको पुनः संरचनालगायत विषयमा कुरा मिल्न नसकेको र सहमतिका नाममा समय व्यतीत गर्दा संविधान नबनेकाले आगामी दिनमा विगतको गल्ती दोहोर्याइँदैन भने ।एक प्रसङ्गमा उनले भने, “पूर्ण बहुमत नहुँदा जनताको पक्षमा काम गर्न सकिएन, त्यस कारण अब हाम्रो पार्टीलाई पूर्ण बहुमत दिनुहोस्, हामी मुलुक र जनताको पक्षमा काम गरेर देखाउँछौँ हामीसँग मुलुकलाई अगाडि लैजाने राजनीतिक, आर्थिक, सामाजिक एजेन्डा छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रमा एमाओवादीका तर्फबाट उम्मेदवार रेणु दाहालले अग्रगामी कार्यसूचीलाई संस्थागत गराउन आफ्नो अधिकतम प्रयास रहने भएकाले एमाओवादीलाई मतदान गर्न आग्रह गरिन्। उनले क्षेत्र नं १ को विकास निर्माणलगायत विषयमा आफू विजयी भए गर्न सक्ने कामको समेत जानकारी गराएकी थिइन् । सो निर्वाचन क्षेत्रका क्षेत्रीय इन्चार्व एवम् निर्वाचन परिचालन समितिका प्रमुख चन्द्रबहादुर थापाले एमाओवादीलाई यस पटक नेपाली जनताले पूर्ण बहुमत दिलाउने जिकिर गरिन् । रासस

प्रकाशित मिति:
October 08, 2013