३१ असोज, चितवन । दसैंको टीका लगाउन हिंडेका यात्रुसहित पृथ्वीराजमार्गको फिस्लिङमा भएको माइक्रोबस दुर्घटना भएर त्रिशूलीमा खस्दा बेपता १३ जना यात्रु अझै फेला पर्न सकेका छैनन् ।
नारायणगढबाट काठमाडौं जाँदै गरेको माइक्रोबस दसैंको टीकाको साँझ दुर्घटना भएर त्रिशूली नदीमा खसेको थियो । माइक्रोबस दुर्घटनामा घटनास्थलमै २ जनाले ज्यान गुमाएका थिए ।
त्रिशुलीमा बेपत्ता भएकाहरुको खोजीमा प्रशासनले चासो नदिएर ढिलाई गरेको जनाउादै वेपत्ताका आफन्तले दुर्घटनापछि पृथ्वी राजमार्गमा प्रदर्शन गर्दैं आएका छन् । उनीहरुले खोजीकार्यलाई तीब्रता दिएर बेपत्ताहरुको अवस्था चाडो भन्दा चाडो पत्ता लगाउन प्रशासनलाई आग्रह गरेका छन् ।
लगातारको वर्षातले त्रिशुलीमा पानीको सतह बढेकाले खोजी कार्यमा असर परिरहेको छ । प्रहरी र स्थानीयबासीले विहान १० बजेदेखि बेलुका ६ बजेसम्म खोजीकार्य गर्दै आएका छन् । खोजी कार्यलाई तीव्र पारिएपनि दुघर्टनामा परेको माइक्रोबस अझै फेला पर्न सकेको छैन ।
दुर्घटनामा ललितपुर जिल्ला निवासी ३६ वर्षीया निशा पौडेल र अस्ट्रेलियन नागरिक ३३ वर्षीया म्याथामिक म्याजिक म्यारियाको मृत्यु भएको थियो। नारायणगढबाट काठमाडौँका लागि छुटेको बा२ख २५९८ नम्बरको माइक्रोबस सोमबार दारेचोकको फिस्लिङमा खसेको हो। माइक्रोबसमा २१ जना सवार रहेका प्रहरीले जनाएको छ।
आज पनि विहानै देखि खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले बताए ।
दुघर्टनापछि त्रिशुलीमा बेपत्ताहरु
१. गोरखा राइनास-३ की पार्वती तिवारी -उमा)
२. बेनिघाट-८ धादिङका लोकबहादुर बानिया
३. बेनिघाट-८ धादिङकी चन्द्रा बानिया
४. बेनिघाट-८ धादिङकी अप्सरा बानिया
५. भरतपुर नगरपालिका-६, चितवनकी सुनिता ढकालका पति
६. भरतपुर नगरपालिका-६, चितवनकी सुनिता ढकालका छोरा निमेश ढकाल
७. भरतपुर नगरपालिका-६, की सुनिता ढकालकी छोरी एसेस्वी ढकाल
८. ललितपुर भैसेपाटीकी सम्झना खनाल
९. चितवन मंगलपुरकी रेश्मा पौडल
१०. चितवन मंगलपुरकी सविना पौडेल
११. साईंला भनिने माइक्रोबसका चालक
१२. काठमाडौं धापासीकी रिना अधिकारी
१३. काठमाडौ धापासीका विपिन अधिकारी
Powered by Blogger.
माइक्रोबस दुर्घटनामा बेपत्ता १३ अझै फेला परेनन्
प्रकाशित मिति:
October 17, 2013