एमाओवादी प्रवक्ता सापकोटा पनि अर्जुन हत्यामा संलग्न
कात्तिक ४ । काभ्रेका अर्जुन लामाको हत्यामा एमाओवादी नेता अग्नि सापकोटासहितको संलग्नता रहेको बयान प्रहरीले अदालतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा बुझाएको लामा हत्याको अनुसन्धानसम्बन्धी प्रगतिविवरण सापकोटाको समेत हत्यामा संलग्नता रहेको बयान छ ।
काभ्रेका प्रहरी निरीक्षक वसन्तबहादुर मगरले गत भदौ १२ गते लामा हत्याको अनुसन्धान प्रगतिविवरण महान्यायाधिवक्ताको कार्यालयमा पठाएका छन्।
सर्वोच्चले असोज १६ गते विवरण बुझेको छ। मृतक लामाकी पत्नी पूर्णिमायाले पूर्वमन्त्रीसमेत रहेका एमाओवादी नेता सापकोटा, सूर्यमान दोङ (लालध्वज), जिल्लास्तरीय नेता यादव पौडेल, कर्णाखर गौतम र नोर्बु मोक्तानविरुद्ध कारबाहीका लागि काभ्रे प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
अपहरणमा परेका आफ्ना पतिको २०६२ साल असारको दोस्रो सातातिर हत्या गरिएको दाबी पूर्णिमायाको रहेको खबर अन्नपूर्णमा छ ।
प्रहरीमार्फत सर्वोच्चलाई प्राप्त बयानमा सापकोटालगायतको मिलोमतोमा लामालाई अपहरण गरी हत्यापछि गाडेको उल्लेख छ। सापकोटा सिन्धुपालचोक र दोङ काभ्रेबाट संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फबाट उम्मेदबार छन्।

प्रकाशित मिति:
October 21, 2013