चीनबाट ६ वटा जहाज आउने पक्का
मंसर १४ । सहुलियत ऋणमा ४ वटा र २ वटा अनुदानमार्फत गरी ६ वटा चिनियाँ हवाईजहाज नेपाल आउने पक्कापक्की भएको छ ।
उक्त सम्झौता पत्रमा नेपाल र चीन सरकारबीच अन्तिम सम्झौता समेत बिहीबार भएको छ ।
अर्थ मन्त्रालयमा अर्थसचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईबीच बिहीबार यस सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
अनुदानका दुई वटा चिनियाँ जहाज ३ महिनामा नेपाल आउने छ भने ४ वटा विमान ६ महिनाभित्र ल्याइने भएको छ ।
ल्याउन लागिएको ६ वटा जहाज एमए ६० र वाइ १२ इ मोडलका हुन् ।
चीनले सानो र ठूलो गरी दुई वटा अनुदानमा जहाज दिन लागेको हो । साथै ४ वटा जहाजको पनि सात वर्षसम्म व्याज नलाग्ने र आठौं वर्षदेखि भने क्रमशः साढे १ प्रतिशत ब्याज दरमा रकम तिर्नुपर्ने छ ।

प्रकाशित मिति:
November 29, 2013