मेगाले कमायो १० करोड १८ लाख
कात्तिक २४ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मेगा बैङ्कले १० करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
बैङ्कले प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कको यस्तो मुनाफा दुई करोड ६० लाख रुपैयाँ रहेको थियो ।
त्रैमासिक वित्तीय विवरण अनुसार बैङ्कले गत आर्थिक वर्षमा जम्मा १७ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सीमा अवधिमा बैङ्कको खुद ब्याज आम्दानी १९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यसैगरी विदेशी मुद्रा खरिद तथा बिक्रीबाट चार करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
प्रकाशित मिति:
November 10, 2013