काठमाडौंमा कार दुर्घटना दुईको मृत्यु, तीन जना घाइते
कात्तिक २७ । काठमाडौंमा कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
गौशालाको तीलगंगा पुलबाट बा ८ च २०४० नम्बरको कार गएराती बागमतीमा खस्दा चालक विमल गिरी र उहाँकी ३६ वर्षीया श्रीमती पुष्पा गिरीको ज्यान गएको हो ।
तीव्र गतिका कारण अनियन्त्रित भएर कार दुर्घटना भएको प्रहरीले आशंका गरेको छ ।
दुर्घटनामा घाइते २२ वर्षीया विपना क्षेत्री, लिला ढकाल र नारायण मैनालीको उपचार भईरहेको छ ।
प्रकाशित मिति:
November 13, 2013