एमालेको मुख्यालय नजिकै विष्फोट बम नै हो- स्थानीय, प्रहरी भन्छ, 'टायर हो'
काठमाडौं २७ । गएराती बल्खुस्थित नेकपा एमालेको मुख्यालयमा विष्फोटको आवाज सुनियो । विष्फोट लगत्तै सुरक्षाकर्मी घटनास्थल पुगेका थिए ।
विष्फोट कसैलाई लक्षित गरेर विष्फोटन नगरेर खाली ठाउँमा गरिएको हुनसक्ने आशंका हुँदाहुँदै सुरक्षाकर्मीले भने उक्त विष्फोट बमको नभएको दाबी गरेको छ ।
उक्त क्षेत्रमा भएको विस्फोटको आवाज बमको नभएर स्थानीयले बालेको टायरको भएको भनेर सुरक्षाफौजले आश्वास्त पार्न खोजेपनि स्थानीयहरु भने आश्वस्त हुन सकेका छैनन् ।
एक महर्जन थरका स्थानीय भन्छन् 'घटना लगभग १० बजेतिर भएको थियो । सबै चुनसान थियो । टायर बाल्ने कुरै रहेन । सुरक्षाकर्मीले त्रास नफैलियोस् भनेर घटनालाई ढाकछोप गर्न खोजेको जस्तो लाग्यो ।'
उनले उक्त क्षेत्रमा कहीँ आगो पनि नबालिएको र उक्त विष्फोट टायरको हुनै नसक्ने दाबी समेत गरेका छन् ।
अर्का एक महिला स्थानीयले पनि विष्फोटको आवाज बम नै भएको हुनसक्ने जिकिर गरेकी छिन् ।
मंगलबार दिउँसो समेत खसीबजार क्षेत्रमा बम विष्फोट गरिएको र राती पनि सोही क्षेत्रमा विष्फोटको आवाज आएपनि स्थानीयहरु त्रासित बनेका छन् ।
प्रकाशित मिति:
November 13, 2013