तिहारको ३ दिनमा मात्रै ५१ लाख बढी एसएमएस
कात्तिक २१ । नेपाल टेलिकमको नेटवर्क भित्र मात्रै तिहारको तीन दिनमा ५१ लाख बढी एसएमएस आदानप्रदान भएको टेलिकमले जनाएको छ ।
कम्पनीले तिहार तथा छट पर्वलाई लक्षित गर्दै एसएमएस सेवामा ५० प्रतिशत छुट अफर ल्याएको थियो । छुट योजना शनिबार सम्म भएकाले करिब १ करोडको हाराहारीमा एसएमएस हुने अनुमान कम्पनीको रहेको कारोबारमा खबर छ ।
टेलिकमले भने तिहारका बेला अपेक्षाअनुसार एसएमएस आदान प्रदान नभएको जनाएको छ ।
सामाजिक सञ्जालहरु फेसबुक, ट्विटरलगायत जिमेल, स्काइप, गुगल, भाइबरजस्ता नयाँ माध्यम प्रभावकारी भएकाले अपेक्षाअनुसार एसएमएस आदानप्रदान नभएको बताइएको छ ।

प्रकाशित मिति:
November 07, 2013