राष्ट्रपति र उपराष्ट्रपति फेर्न राप्रपा नेपालको माग
मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति र उपराष्ट्रपति फेर्नुपर्ने बताएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेरै थापाले राष्ट्रपति र उपराष्ट्रपति फेर्नुपर्ने माग गरेका हुन् ।
'नयाँ संविधानसभामा, राष्ट्रपति र उपराष्ट्रपति लगायत संवैधानिक पदका लागि नयाँ चुनाव हुनुपर्छ,' थापाले पत्रकार सम्मेलनमा भने, 'मन्त्रिपरिषदमा पनि जनादेशको आधारमा सहमति गरि दलहरुले सिफरिस गरेका व्यक्ती पठाउनुपर्दछ।'
संविधानसभामा चौथो स्थान दिलाएकोमा मतदातालाई धन्यवाद दिदै राप्रपा अध्यक्ष थापाले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् ।

प्रकाशित मिति:
November 30, 2013