वैद्यको सहारा खोज्दै प्रचण्ड
मंसिर १० । चुनावमा अप्रत्यासित हार बेहोरेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीबाट अलग्गिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको सहारा खोज्न थालेका छन् ।
असोज १३ गतेदेखि दुई पार्टीका नेताबीच दुई पक्षिय वार्ता टुटेको अवस्थामा अध्यक्ष दाहालले नेकपा माओवादीका नेताहरुसग आइतबार भेटवार्ता गरेका हुन् । चुनाव बहिस्कारको नेतृत्व गरिरहेको नेकपा माओवादी र चुनावपछि धादली र षड्यन्त्र गरेर हराएको भन्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र संविधानसभामा भाग नलिने घोषणा गरेको एमाओवादीबीचको यो भेटलाई निक्कै अर्थपूर्ण मानिएको छ । केही समयअघिदेखि यी दुई पार्टीका नेताहरुबीच चुनावी विषयलाई नै लिएर सार्वजनिक रुपमा कटाक्ष काट्दै समेत आएका थिए ।
तर, चुनावमा एमाओवादीले अप्रत्यासित परिणाम बेहोर्दै प्रत्यक्षफर्त तेस्रो स्थानमा आएपछि दाहाल वैद्यको सहारामा आईपुगेका हुन् । एमाओवादीका तर्फबाट अध्यक्ष दाहाल, बरिष्ठ नेता डा. बाबुराम भट्टराई तथा कृष्ण महरा र माओवादीका तर्फबाट अध्यक्ष वैद्य र महासचिव राम बहादुर थापा र सचिव देव गुरुङ सहभागी वार्ताले दुई पार्टीबिचको दुरी कम गर्न खोजिएको देखिएको छ । सार्वजनिक कार्यक्रममा वैद्यप्रति निक्कै आक्रमक देखिदैं आएका दाहालले आइतबारको भेटमा माओवादीलाई पनि साथमै लिएर संविधानसभा वा संविधानसभा बाहिर नै भएपनि आफ्नो स्थितिलाई बलियो बनाउनेमा लागेका हुन् । भेटमा दाहालले वैद्यप्रति नम्र हुदै सोच विचार नगरी जांदा गल्ति गरेको समेत स्वीकार गरेका छन् । तपाईहरुले निर्वाचनमा नजानुस् भनेर भन्दा पनि हामी गयौं, भेटमा सहभागी एक नेताले अध्यक्ष दाहालको भनाई उदृत गर्दै भने धादली गरेर फसाए, विचार नगरी गइएछ गल्ति भयो ।
यता, माओवादी सचिव देव गुरुङले भेटमा पछिल्लो राजनीतिक अवस्था र निर्वाचन प्रक्रिया र संविधानसभाकाको विषयमा छलफल भएको बताए ।
पार्टी एकीकरण र आगामी मोर्चाबन्दीका विषयमा भने कुरै नउठे पनि उहांहरुले धादली भएको भन्दै त्यसको विरुद्ध लडिरहेको जनाएको सचिव गुरुङले जानकारी दिए । भेटमा एमाओवादीले आफूहरु धादली गरेकाले आफूहरु त्यसका विरुद्ध लडिरहेको भन्दै सहकार्य गरेर जान सक्नेमा समेत जोड दिएका थिए ।
प्रतिउत्तरमा संविधानसभाबाट संविधान नै जारी हुन नसक्ने भन्दै आफूहरुले पहिलेदेखि नै राउन्ड टेबलबाट मात्रै संविधान निर्माण गर्न सकिने भन्दै आएको बताएको गुरुङले जानकारी दिए ।
प्रकाशित मिति:
November 25, 2013