टिभीफिल्मीलाई डिजिटल कपी बुझाउन निर्देशन
कात्तिक २६ । निर्वाचन आयोगले टिभीफिल्मी टेलिभिजनलाई पूर्व प्रसारित कार्यक्रमको डिजिटल कपी बुझाउन निर्देशन दिएको छ ।
आचारसंहिता विपरित दल विशेषको चुनावी कार्यक्रम प्रत्यक्ष प्रसारण गरेको र असन्तुलित समाचार दिएको उजुरी परेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।
आचारसंहिता उल्लंघन भएको भन्दै नेपाली कांग्रेसले गतसाता टिभी फिल्मीसहित हिमालय र एबिसी टिभीविरुद्ध उजुरी दिएको थियो । एबिसी टिभीसँग पनि आयोगले डिजिटल कपी माग गरिसकेको छ ।
टिभीफिल्मी नेपालको एक मात्र सिनेमा च्यानल हो ।
प्रकाशित मिति:
November 12, 2013