संविधान संसोधन गरे संविधान सभा र सरकार दुवैमा माओवादी सहभागी हुने

माओवादी उपाध्यक्ष सीपी गजुरेलले आफूहरुको उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधान सभा र सरकार दुवैमा सहभागी हुने धारणा व्यक्त गरेका हुन् ।
तर गजुरेलले मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ सिटमा कुनै हालतमा नजाने तर संविधान संसोधन गर्न दलहरु तयार भएमा भने आफूहरु जान तयार रहेको बताए ।
राजधानीमा आयोजित एक कार्यक्रममा उनले चुनावमा भाग लिएका दलहरुले माने हामी संविधानसभामै रहेर संविधान निर्माणमा सहित भूमिका खेल्न तयार रहेको बताएका हुन् ।
गजुरेलले आफूहरुको प्रस्ताव र लचकतालाई अस्विकार गरेर जबर्जस्ती संविधान जारी गर्न खोजे मुलुक स्पष्ट भिडन्तमा जाने चेतावनी समेत दिए।
पहिला धाधली भएकोले संविधानसभामा नजाने भन्ने अनि फेरि विजय जुलुस निकाल्ने निर्णय गर्ने एकीकृत नेकपा माओवादीसँग अब पार्टी एकीकरण त के कार्यगत एकता समेत हुन नसक्ने गजुरेलले स्पष्ट पारेका छन् ।
प्रकाशित मिति:
November 26, 2013