म जिउँदो छु, मैले आत्म हत्या गरेको छैन : आङकाजी शेर्पा
मंसिर १० । संघीय समाजवादी पार्टीका नेता तथा नेपाल आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले आफूले आत्महत्या गरेको भन्ने हल्लाको खण्डन गरेका छन् ।
केही दिन अगाडी सामाजिक सञ्जालमा यस्तो हल्ला चलेपछि शेर्पाले सोमबार आफ्नो फेसबुकमार्फत उक्त हल्लाको खण्डन गरेका हुन् ।
'नागरिक दैनिक पत्रिकाको नाममा नक्कली समचार बनाएर आङ काजी शेर्पाले आत्महत्य ग¥यो भन्नेर अतिहिन्दुवादी, पहिचान, संघीयता र धर्मनिरपेक्ष विरोधी स्वदेशी तथा विदेशी शक्ति केन्द्रहरुले फैलाएको समचारले स्वेदश तथा विदेशमा रहेका लाखौ मित्रहरुमा गम्भिर चिन्ता र त्रास पैदा गरेको रहेछ' शेर्पाले फेसबुकमार्फत भनेका छन् 'म मरेको हो वा होईन भनेर जाँच्न हिजोदखि आजसम्ममा स्वदेश तथा विदेशबाट हजारौ शुभचिन्तकले फोन गनु भएको थियो । केही मित्रहरु त घरमै पनि आउनु भएको थियो ।'
उनले आफूप्रति सम्पूर्ण मित्रहरुले देखाएको चिन्ता र चासोको लागि धन्यवाद समेत दिएका छन् ।

प्रकाशित मिति:
November 25, 2013