निर्वाचन अधिकृत अझै पनि अचेत
मंसिर ११ । निर्वाचनका क्रममा करिब एक साता अघि अज्ञात समूहको आक्रमणबाट घाइते भएका एक निर्वाचन अधिकृत अझै पनि अचेत अवस्थामा छन् ।
भक्तपुरको लोकन्थली उपस्वास्थ्य चौकीको मतदान केन्द्रमा मतदान अधिकृत वकिल झालाई निर्वाचनको दिन गत मंगलबार पेप्सीकोला पुलको उत्तरतर्फ बेहोस अवस्थामा भेटिएपछि राजधानीको बासबारी स्थित न्यूरो अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको छ । उनलाई मंगलबार पौने आठ देखि साढे बजेको समयमा सांघातिक आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्राबिधिक शिक्षा तथा व्यबासायिक तालिम परिषद् (सीटीईभीटी)का उपनिर्देशक समेत रहेका उनलाई निर्वाचनको दिन मतपेटिका मतगणना स्थलमा पुर्याएर घर जाँदै गर्दा अज्ञात समूहले आक्रमण गरेका थिए ।
आक्रमणपछि पेप्सीकोला पुलबाट उत्तर तर्फ मनोहरा खोला नजिकै घाइते अवस्थामा बुधबार बिहान बेहोस अवस्थामा उनलाई भेटिएको कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति:
November 26, 2013