• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » छानबिन आयोगको अडानमा एमाओवादी अडिग, संविधानसभामा पनि नजाने
छानबिन आयोगको अडानमा एमाओवादी अडिग, संविधानसभामा पनि नजाने

मंसिर ३० । एकीकृत नेकपा (माओवादी)ले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पार्टीका तर्फबाट प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल गरेको छ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आज बस्ने प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डाको विषयमा छलफल गरेको सो पार्टीका नेता पोष्टबहादुर बोगटीले जानकारी दिए।

उनले संविधानसभा निर्वाचनमा देखिएको संस्थागत, नीतिगत र संरचनागत धाँधलीको छानविन गर्नका लागि नेपाली काँग्रेस र नेकपा (एमाले)लगायतका दल सहमत भए संविधानसभामा सहभागी हुने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।

उनले केन्दीय कार्यालयको बैठकले राजधानीमा उपलब्ध पूर्व पोलिटव्यूरो सदस्यको बैठक बोलाएको र सो बैठकले आजै दिउँसो बस्ने उच्चस्तरीय समितिको बैठकमा पार्टीका तर्फबाट प्रस्तुत गर्ने थप एजेन्डा तयार पार्ने जानकारी दिए। रासस

प्रकाशित मिति: December 15, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • मंगलबारसम्म नेकपा–माओवादीको महाधिवेशन लम्बियो
गृह पृष्ठ |