खल्ति खल्तिबाट कांग्रेसमा समानुपातिक सभाषद सुचि
पुस ९ । निर्वाचन आयोगमा समानुपातिक सुचि बुझाउने अन्तिम दिनको अघिल्लो दिन आजसम्म ठूला तीन दलले सुचि तयार गर्न सकेका छैनन् ।
त्यसमा पनि सबैभन्दा ठूलो दल बनेको कांग्रेस भित्र भने नेताहरुले खल्तिबाट सभाषदको नाम निकाल्न सुरु गरेपछि सभाषद चयन गर्न महाभारत नै उत्पन्न भएको छ ।
सभासद चयनका लागि सोमबार बसेको संसदीय समिति बैठकमा सबै सदस्यहरुले ‘खल्ती’बाट नाम झिक्न थालेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । यसअघि कांग्रेस केन्द्रीय बैठकमा पनि सभाषद छान्नका लागि चर्को कुरा उठेपनि कुनै पार लगाउन सकेको थिएन ।
कांग्रेसले समानुपातिकतर्फ ९१ सभासद पाउने भएको छ। १४ सदस्यीय संसदीय बोर्डमा ९१ सभासद्का लागि झण्डै २ सय नाम पेश भएपछि बैठकले निर्णय लिन नसकेको हो । कांग्रेसले आज बैठक बसेर सभाषदको अन्तिम टुंगो लगाउने बताएपनि विवाद भने निक्कै ठूलो छ ।
यता, तेस्रो दलमा खुम्चिएको एमाओवादीले भने सभाषद नै नबुझाउने भनेको छ भने एमालेभित्र पनि सभाषद चयन गर्न पार्टी भित्रको गुट-उपगुटले समस्या झेलिएको छ । निर्वाचन आयोगले दोस्रो पटक थप गरेको सभाषद सुचि बुझाउने मिति भोलि सकिदैंछ ।
प्रकाशित मिति:
December 24, 2013