• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » खल्ति खल्तिबाट कांग्रेसमा समानुपातिक सभाषद सुचि
खल्ति खल्तिबाट कांग्रेसमा समानुपातिक सभाषद सुचि

पुस ९ । निर्वाचन आयोगमा समानुपातिक सुचि बुझाउने अन्तिम दिनको अघिल्लो दिन आजसम्म ठूला तीन दलले सुचि तयार गर्न सकेका छैनन् ।

त्यसमा पनि सबैभन्दा ठूलो दल बनेको कांग्रेस भित्र भने नेताहरुले खल्तिबाट सभाषदको नाम निकाल्न सुरु गरेपछि सभाषद चयन गर्न महाभारत नै उत्पन्न भएको छ ।

सभासद चयनका लागि सोमबार बसेको संसदीय समिति बैठकमा सबै सदस्यहरुले ‘खल्ती’बाट नाम झिक्न थालेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो । यसअघि कांग्रेस केन्द्रीय बैठकमा पनि सभाषद छान्नका लागि चर्को कुरा उठेपनि कुनै पार लगाउन सकेको थिएन । 

कांग्रेसले समानुपातिकतर्फ ९१ सभासद पाउने भएको छ। १४ सदस्यीय संसदीय बोर्डमा ९१ सभासद्का लागि झण्डै २ सय नाम पेश भएपछि बैठकले निर्णय लिन नसकेको हो । कांग्रेसले आज बैठक बसेर सभाषदको अन्तिम टुंगो लगाउने बताएपनि विवाद भने निक्कै ठूलो छ ।

यता, तेस्रो दलमा खुम्चिएको एमाओवादीले भने सभाषद नै नबुझाउने भनेको छ भने एमालेभित्र पनि सभाषद चयन गर्न पार्टी भित्रको गुट-उपगुटले समस्या झेलिएको छ । निर्वाचन आयोगले दोस्रो पटक थप गरेको सभाषद सुचि बुझाउने मिति भोलि सकिदैंछ ।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |