एक गाबिसबाट करोडौको सुन्तला बिक्रि
पुस ४ । सुन्तला खेतीका लागि उर्बरभुमी मानिएको बागलुङको बिहुँ गाविसबाट करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।
कुल ४७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको करिब ९०० मेट्रिकटन सुन्तला बेचेर कृषकले करोडौँ रुपैयाँ गाउँ कमाएका छन् । कृषकले व्यापारीलाई प्रतिकेजी ३० रुपैयाँमा बेचिरहेका छन् ।
जिल्लाको अन्य क्षेत्रमा भन्दा बिहुँ गाविसमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि कारोबार पनि बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
बिहुँ गाविसमा रहेका १४ हजार ३०० सुन्तलताका बोटमध्ये पाँच हजार ३५४ बोटमा यो वर्ष सुन्तला फलेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए ।
बोटमा अझै सुन्तला बाँकी रहेकोले बिक्री अझै बढ्ने कुषि कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गाविसभरिमा आठ हजार ९५८ नयाँ बिरुवा हुर्कंदै गरेका छन् । सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन जस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।
यो वर्ष बिहुँमा सुन्तलाको उत्पादन बढेपछि कृषक हौसिएका छन्। बेमौसममा पनि सुन्तला बेच्नका लागि कृषकहरूकै अगुवाइमा गाउँमै भण्डारण केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको सुन्तला चैत वैशाखमा ८० रुपैयाँसम्ममा बेच्ने गरेको कृषकले बताएका छन् ।
यो वर्ष जिल्लामा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति:
December 19, 2013