• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, photo Gallary » एक गाबिसबाट करोडौको सुन्तला बिक्रि
एक गाबिसबाट करोडौको सुन्तला बिक्रि

पुस ४ । सुन्तला खेतीका लागि उर्बरभुमी मानिएको बागलुङको  बिहुँ गाविसबाट करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।

 कुल ४७ हेक्टर क्षेत्रफलमा उत्पादन भएको करिब ९०० मेट्रिकटन सुन्तला बेचेर कृषकले करोडौँ रुपैयाँ गाउँ कमाएका छन् ।  कृषकले व्यापारीलाई  प्रतिकेजी ३० रुपैयाँमा  बेचिरहेका छन् ।

   जिल्लाको अन्य क्षेत्रमा भन्दा बिहुँ गाविसमा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि कारोबार पनि बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बिहुँ गाविसमा रहेका १४ हजार ३०० सुन्तलताका बोटमध्ये पाँच हजार ३५४ बोटमा यो वर्ष सुन्तला फलेको कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए ।


 बोटमा अझै सुन्तला बाँकी रहेकोले बिक्री अझै बढ्ने कुषि कार्यालयले जनाएको छ ।
 कार्यालयका अनुसार गाविसभरिमा आठ हजार ९५८ नयाँ बिरुवा हुर्कंदै गरेका छन् । सदरमुकाम बागलुङ बजारलगायत काठमाडौँ, चितवन जस्ता ठूला सहरबाट पनि व्यापारी कृषकको घरमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् ।

 
 यो वर्ष बिहुँमा सुन्तलाको उत्पादन बढेपछि कृषक हौसिएका छन्। बेमौसममा पनि सुन्तला बेच्नका लागि कृषकहरूकै अगुवाइमा गाउँमै भण्डारण केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले प्रतिकेजी ३० रुपैयाँमा बिक्री भएको सुन्तला चैत वैशाखमा ८० रुपैयाँसम्ममा बेच्ने गरेको कृषकले बताएका छन् ।

 यो वर्ष जिल्लामा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |