बाबुराम भन्छन्– 'संविधानसभा विघटन गर्नु जीवनको सबैभन्दा ठूलो गल्ति'
मंसिर । एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अघिल्लो संविधानसभा विघटन गर्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ति गरेको आत्मलोचना गरेका छन् ।
तत्कालिन अवस्थामा प्रधानमन्त्री समेत रहेका भट्टराईले कलंकको टीका लगाएर संकटकाल लगाई संविधानसभाको म्याद थप्ने पक्षमा आफू रहेपनि त्यसो नभएको भन्दै गल्ति स्वीकार गरेका छन् ।
२०६९ जेठ १४ गते राति अन्तिम विकल्पको रुपमा म आफैंले कलंकको टीका लगाएर भए पनि संकटकाल घोषणा गर्छु र संविधानसभाको म्याद थप्ने प्रस्ताव लैजान्छु भन्ने सोच बनाएर त्यसको उद्घोष पनि गरें तर अरु विपक्षीहरुका अतिरिक्त आफ्नै नेता र सहकर्मीहरुको दबाब खेप्न नसकेर पछि हटें डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, यो मेरो जीवनको सबभन्दा ठूलो गल्ती साबित भयो, जुन म वितम्रतापूर्वक स्वीकार गर्दछु ।
उक्त समयमा संकटकालको प्रस्तावमा विरोध भएपछि भट्टराई मन्त्रिमण्डलले नया“ संविधानसभाको चुनावमा जाने निर्णय गरेको थियो । भट्टराईले तोकेको मितिमा पनि विपक्षी दलको विरोधका कारण निर्वाचन हुन नसकेपछि चुनाव गराउन भट्टराईले प्रधानन्यायाधीश खिलराज रेग्मीको अन्तरिम चुनावी मन्त्रीपरिषदलाई सरकारको जिम्मा लगाउनु परेको थियो ।
रेग्मी नेतृत्वको सरकारकाले गराएको निर्वाचनमा एमाओवादी तेस्रो स्थानमा खुम्चिन पुग्यो ।
हालैको पार्टीको नराम्रो चुनावी पराजयपछि थालेको गम्भीर आत्मसमिक्षाको क्रममा म केही प्रारम्भिक निष्कर्षमा पुगेको भन्दै भट्टराईले अरु राजनीतिक दलभन्दा माओवादी फरक हुन नसकेकाले नै हार बेहार्न पुगेकोमा समेत जोड दिएका छन् ।
माओवादी आन्दोलन उन्नत र वैकल्पिक राज्यसत्ता, समाज र संस्कृति निर्माण गर्ने महाभियान थियो । तर समयक्रममा हामी विद्यमान राजनीतिक शक्ति र नेताहरू भन्दा तात्विक रुपले भिन्न हुन र देखिन सकेनौं’ भट्टराईले भनेका छन्र्, जनताले उस्तै अर्को एउटा नयाँ शक्तिमाथि जोखिम उठाउनु भन्दा पुरानै खराब शक्तिहरूसंग चित्त बुझाउनु श्रेयस्कर ठाने ।’
भट्टराईले अब राष्ट्रिय स्वाधीनता र समावेशी राष्ट्रियता, समावेशी लोकतन्त्र र समावेशी विकासका लागि आफ्नो पार्टीका साथै समान सोच भएका पार्टी गैर पार्टी, व्यक्ति तथा संघसंस्थासँग सहकार्य गरेर अघि बढ्ने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति:
December 13, 2013