ढिला गर्न भएन, स्तन क्यान्सर उपचार गरें निको हुन्छ : चिकित्सक
काठमाडौं, २ पुस । स्तन क्यान्सरबाट बच्न र न्यूनिकरण गर्न आफैं नै सचेत हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् । रोग लागेपछि ढिला गरी अन्तिम समयमा मात्रै अस्पताल आउने भएकाले स्तन क्यान्सर रोग न्यूनिकरणमा समस्या आएको समेत उनीहरुले बताएका छन् ।
नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सहकार्यमा कज इन्टरटेनमेन्टले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले स्तन क्यान्सर न्युनिकरण गर्न आफैं नै सचेत हुनुपर्ने धारणा राखे ।
हस्पिटलका सभापति समेत रहेका डा. मदन कुमार पियाले नेपालमा महिलामा लाग्ने रोग मध्ये स्तन क्यान्सर पाँचौं स्थानमा पर्ने जानकारी दिँदै ढिला गरी उपचार गर्न आउँदा निको पार्न समेत नसकिने बताए ।
रोग लागेको पहिलो चरणमै उपचार गर्न आएमा भने स्तन क्यान्सर निको पार्न सकिने भन्दै उनले समय समयमा आफैं चेकजाँच गर्ने र स्तनमा साना गिर्खा पाइएमा चेकजाँच गरी उपचार गर्दा निको पार्न सकिने बताए । पश्चिर्मा राष्ट्रहरुमा ५०/६० वर्षमा स्तन क्यान्सर पाइने गरेको छ, तर नेपालमा भने २०/२२ वर्षको उमेरमै पनि स्तन क्यान्सरका बिरामी भेटिएका छन्’ डा. पियाले भनेर्, नेपालमा स्तन क्यान्सरका बिरामी बढी मात्रामा भने ४० देखि ४५ वर्ष उमेर समूहमा पाइएको छ ।’
३० वर्ष भन्दा पछि विवाह पश्चात् बच्चा जन्माउँदा तथा ११ वर्ष अघि नै मनिावारी हुने महिलाहरुमा बढी मात्रामा यो रोग लाग्ने गरेको पाइएको समेत चिकित्सकहरु बताउँछन् । आफ्नो स्तन आफैं चेक गर्ने र शंका लागेमा औषधी उपचार गर्दा यो रोग निको हुनसक्ने डा. पियाले बताए । जाँड रक्सी, चुरोट खैनी तथा जङ्क फुट प्रयोगले समेत यो रोग लाग्न सक्ने उनको भनाई छ र्। शारिरीक व्यायाम गर्ने, त्यस प्रकारका खानपिनमा ध्यान दिने तथा आफ्नो स्तन आफैं चेकजाँच गर्यो भने यो रोग कम गर्न सकिन्छ, डा. पियाले भनेर्, तर हाम्रो समाजमा रोग लागेको अन्तिम चरणमा मात्रै उपचार गर्न आउने गर्छन यसले भने अलिक रोग निको पार्न अलिक अप्ठ्यारो पार्न सक्छ ।’
डा. पियाले सम्पन्न परिवारका महिलाहरु नियमित रुपमा चेक जाँच गराउन आईरहेको भएपनि मध्यम तथा आर्थिक स्थिति कमजोर परिवारले भने चेक जाँच गराउन नसकेको भन्दै सरकारले यस विषयमा ध्यान दिन आवश्यक रहेको समेत औंल्याए । सरकारले आर्थिक स्थिति कमजोर भएकाहरुलाई समेत सहभागी हुने गरी कार्यक्रम ल्याउन आवश्यक छ उनले भनेर्, त्यति नै मात्रामा जनचेतना पनि फैलाउन आवश्यक देखिन्छ ।’
कज इन्टरनेटमेन्टकी सह-संयोजक रेश्मा महर्जनले स्तन क्यान्सर सामान्य जस्तो देखिए पनि यसले ज्यान समेत लिदैं आएको बताइन् । पढे लेखेको परिवार समेत चेतनाको अभावले अन्तिम समयमा हस्पिटल पुग्ने गरेको भन्दै स्तन क्यान्सर सम्बन्धी चेतना फैलाउन सबै पक्ष मिलेर लाग्नुपर्नेमा उनको जोड छ ।
कज इन्टरनेटमेन्टले जनचेतनाका लागि भन्दै नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सहकार्यमा काठमाडौं भक्तपुर तथा ललितपुरका विभिन्न स्थानमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दैछ । कजले आज साँझ भने मंगलबजारमा क्यान्डल लाइटिङको समेत आयोजना गरेको कज इन्टरनेटमेन्टकी संयोजक पृता जोशीले जानकारी दिइन् ।

प्रकाशित मिति:
December 17, 2013