अर्को सत्य के पनि हो भने ६/८ बर्ष हामी पार्टीका भएनौं : एमाओवादी कार्यकर्ता
पुस २ । एकीकृत नेकपा माओवादी भित्र मध्यम तथा तल्लो तहका कार्यकर्ताले शिर्ष नेतालाई आफूखुसी निर्णय गरेर अघि नबढ्न चेतावनी दिन थालेका छन् ।
पार्टीको गलत कार्यदिशाकै कारण चुनावमा हार बेहोर्नु परेको भन्दै पुनः गल्ति नदोहोर्याउन अधिकांश कार्यकर्ताले नेतृत्वसँग गुनासो गर्ने गरेको पाइएको छ ।
एमाओवादीको भातृ संगठन वाईसिएल उपत्यका इन्चार्ज रहेका रामप्रसाद सापकोटा (दिपशिखा) ले सामाजिक सञ्जाल फेसबुकमै लेखेर तल्ला कमिटीहरूको अभिमतलाइ पनि सम्मान गर्न र पार्टीको बैठक बोलाएर बैठकबाट निर्णय गर्न माग गरेका छन् ।
उनले तल्ला कमिटीहरू र जनताको मत नबूझ्दा अहिलेको हालत भएको भन्दै उहि गल्ती नदोहोर्याउन नेतृत्वलाई चेतावनी समेत दिएका छन् । उही गल्ति दोहोर्याए आफूहरुले रामराम भन्न पर्ने अवस्था आउने समेत उनले संकेत गरेका छन् ।
दिपशिखाले अर्को फेसबुक स्टाटसमा भने जनबादमा आधारित प्रकृयाबिपरित निर्णय गर्ने अधिकार कूनैपनि नेतालाई नभएको बताएका छन् । जुन यस्तो छ:
कम्यूनिष्ट पार्टीमा जनबादमा आधारित केन्द्रियता हून्छ । जनबादमा आधारित प्रकृयाबिपरित निर्णय गर्ने अधिकार कूनैपनि नेतालाई छैन र हूनूहुदैन । बिडम्बना भन्नूपर्छ एकिकृत नेकपा माओबादीमा बिगत लामो समयदेखी यो प्रकृया मरेको छ र निश्चित नेताहरुको मिलिभगतमा जनबादी केन्द्रियताको हत्या गरिदै आएको छ ।
हेटौडा महाधिबेशन जनबादी केन्द्रियताको उच्च रुप थियो । महाधिबेशनले गरेको निर्णय केही नेताहरुको सनकका आधारमा उल्टिनू र नेताहरुलाई अझै मनोगत र सर्वसत्ताबादी बनाउनुमा हामीजस्ता कार्यकर्ताहरुको पनि हात छ । किनभने हामीले निर्णयका बिरुद्ध उहिबेला बिद्रोह गर्नुपर्थ्यो । अर्को सत्य के पनि हो भने पछिल्ला ६/८ बर्ष हामी पार्टीका भएनौ र पार्टीका जिम्मेवार कार्यकर्ता भएर बहस गरेनौं । कूनै अमूक नेताका भएर गरर्यौ । उनका भाषा बोल्यौं । यसो हूनुमा हामी कम जिम्मेवार र नेताहरु बढी जिम्मेवार छन् । किनभने पार्टीमा त्यसो गर्नुपर्ने अवस्थाको सिर्जना गरियो ।
अब अमूक नेताको भएर होइन आन्दोलन र पार्टीको भएर सोच्न र बहस गर्न पर्ने भएको छ । संबिधानसभाको परिणाम र अबको बाटोको सन्दर्भमा पार्टीका अमूक नेता वा कूनै २/४ कमिटिले निर्णय गर्ने ल्याकत राख्दैन । निर्वाचन परिणाम र अबको कार्यनितिका बारेमा पछिल्ला दिनमा नेतृत्वले राम्रो संकेत देखाएको छैन । नढाटी भन्नूपर्छ संबिधानसभाको परिणाम कार्यनितिक असफलता नै हो ।
यसले कार्यनितिक सिफ्टको माग गर्दछ । यस्तो गम्भिर बिषयको निर्णय गर्ने थलो राष्टिय स्तरको भेला वा बिस्तारित बैठक मात्रै हून सक्छ । बेलैमा सचेत होऔं र खबरदारी गरौं । यो अभियानमा यूवा कमरेडको दृड तत्परता हूनूपर्छ । तत्ठाउँबाट जूटौं र यसलाई अभियानका रुपमा संचालन गरौ । माग गरौं राष्टिय स्तरको भेला वा बिस्तारित बैठक तूरुन्तै बोलाउ । र मात्रै निर्णय गर ।
प्रकाशित मिति:
December 17, 2013