• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » ४ अर्ब भ्रष्टचार आशंकामा अख्तियारको निरन्तर प्रचण्डमा निशाना
४ अर्ब भ्रष्टचार आशंकामा अख्तियारको निरन्तर प्रचण्डमा निशाना

पुस ९ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले व्यवस्थापनबापत खर्चिएको करिब २० अर्ब रुपैयाँमा ४ अर्बभन्दा बढी भ्रष्टचार भएको आशंकामा एमाओवादी नेतृत्वमाथि निरन्तर आँखा लगाईरहेको पाइएको छ ।

यसरी माओवादी शिविरमा भ्रष्टचार भएको पाइएको खण्डमा पार्टी प्रमुखको हैसियतले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै त्यसको पहिलो दोषी सावित ठहरिनेछन् ।

आयोगले यसअघि सम्पूर्ण हिसाबकिताब बुझाउन शान्ति मन्त्रालयलाई पत्र पठाएपनि चित्त बुझ्दो नभएको भन्दै पुनः दोस्रो पत्र पठाएको छ ।

एमाले भ्रातृसंगठन युवासंघ नेपालले करिब एक वर्षअघि गरेको उजुरी अनुसन्धानका क्रममा लेखिएको पहिलो पत्रको चित्तबुझ्दो जवाफ नआएको भन्दै आयोगले शान्ति मन्त्रालयलाई यही मंसिर २८ गते दोस्रो पत्र लेखेको हो ।

पहिलो पत्रको जवाफमा मन्त्रालयले खर्च भएको सम्पूर्ण रकमको विवरण नपठाएपछि आयोगले पुनः पत्र पठाएको नागरिकमा खबर समेत छापिएको छ ।

‘शिविरमा नभएका लडाकूहरुको नाममा कसरी रकम वितरण गरियो ? विवरणको निर्णय कसले गरेको हो र शिविरको रकम कस-कसले बुझेर लगेका थिए, सोको विस्तृत विवरण उपलब्ध गराउनू,’ पत्रमा भनिएको छ।

शिबिर व्यवस्थापनमा सबैभन्दा बढी मासिक भत्तामा ५ अर्ब ८८ करोड ८६ लाख ७३ हजार ७ सय ४६ रुपैयाँ खर्च भएको पत्रमा उल्लेख थियो।

शान्ति प्रक्रिया सुरु भएको झन्डै ६ वर्षको अवधिमा माओवादी शिविर तथा लडाकु व्यवस्थापनको नाममा २० अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको थियो ।

प्रकाशित मिति: December 24, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |