• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » संविधानसभाको पहिलो बैठककै दिन गेटमा कालो झण्डासहित प्रदर्शन हुने
संविधानसभाको पहिलो बैठककै दिन गेटमा कालो झण्डासहित प्रदर्शन हुने

काठमाडौं २ माघ । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले संविधानसभाको पहिलो बैठकका दिन संविधानसभा भवन बाहिर विरोध प्रदर्शन गर्ने भएको छ ।

माओवादी पार्टी कार्यालय बुद्धनगरमा बिहीबार मोर्चाको बैठक बसी संविधानसभा भवन अगाडी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । उक्त दिन ३३ दलले डेढ घण्टा कालो झण्डा र ब्यानरसहित विरोध प्रदर्शन गर्न लागेका हुन् ।

यही माघ ८ गते कथित संविधानसभा–२ को विरोधमा “राष्ट्रघाती र जनघाती संविधानसभा–२ लाई अस्वीकार गरौं ! सर्वपक्षीय राजनीतिक गोलमेचसभाको आयोजना गरौं !!” भन्ने मूल नारासहित नया“ बानेश्वर स्थित संविधानसभा भवनको अगाडि दिनको २:०० देखि ३:३० बजेसम्म कालो झण्डा र कालो व्यानर सहित विरोध प्रदर्शन गर्ने निश्चित गरिएको छ’ बैठकपछि ३३ दलीय मोर्चाका तर्फबाट माओवादी सचिव देव गुरुङद्धार जारी विज्ञप्तिमा भनिएको छ ।

३३ दलीय मोर्चाले संविधानसभा भंग गरी सर्वदलीय बैठकमार्फत संविधान निर्माण लगायत विषयमा निकास निकाल्न माग गर्दै आएको छ । मोर्चाले मंसिरमा सम्पन्न संविधानसभाको चुनाव सक्रिय रुपमा बहिस्कार गरेको थियो ।

प्रकाशित मिति: January 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |