• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » कारागारको क्षमता भन्दा दोब्बर बढी कैदी र थुनुवा
कारागारको क्षमता भन्दा दोब्बर बढी कैदी र थुनुवा

दिप बहादुर घर्ति/जाजरकोट 
माघ ३ । जाजरकोट जिल्ला कारागारको क्षमता भन्दा कैदी र थुनुवाको संख्या दोब्बर बढी भएको छ । विभिन्न केशहरु बढ्न थालेपछि यस्तो भएको हो ।

२५ जनाको क्षमता रहेको जिल्ला कारागारमा ३७ जना कैदी र  १६ जना थुनुवा गरि जम्मा ५३ जना कैदी र थुनुवा रहेका छन । जसमा २ जना महिला रहेका छन भने ५१ जना पुरुष रहेका छन । 

कारागारको क्षमता भन्दा बढी कैदी र थुनुवाको संख्याले बस्ने,खाने, सुत्ने जस्ता मानविय कार्यमा असजिलो भैरहेको छ । ३७ जना कैदीहरुमा २३ जना कर्तब्य ज्यान केशमा, जबरजस्ति करनीमा ९ जना, चोरीमा २ जना, हातहतियार खरखजनामा १ जना, बहुँ विबाहमा १ जना, अंगभंङ्ग कुटपिटमा १ जना,शिसु हत्यामा १ जना रहेका छन भने १६ जना थुनुवामा हातहतियार खरखजनामा ७ जना, जबरजस्ति करनीमा ५ जना,कर्तब्य ज्यानकेशमा ३ जना र मानव बेचविखनमा १ जना रहेको कारागार प्रशासनले जनाएको छ । 

कारागारको क्षमता भन्दा बन्दीहरुको संख्या दोब्बर बढी भए पनि आन्दोलन र धादली नभएको जेलर रत्न पौडेलले वताईन । उनीले बन्दीहरुको संख्या ठुलो भएता पनि ब्यबस्थापन राम्रंो संग गरेका छौं भनिन् ।

प्रकाशित मिति: January 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |