• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » अस्पतालबाटै बच्चा चोरिएका आमा बुबाको विचल्ली, अस्पतालमा खैलाबैला
अस्पतालबाटै बच्चा चोरिएका आमा बुबाको विचल्ली, अस्पतालमा खैलाबैला

माघ २ । बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालबाट एक नाबालाक शिशुको चोरी भएपछि आमा बुवाको विचल्ली भएको छ भने अस्पतालमा समेत यो विषयले खैलाबैला उत्पन्न भएको छ ।

आठ दिनको शिशु नाटकीय ढंगले हराएपछि आमा बुवा रणभुल्लमा परेका छन् । उनीहरुले प्रहरीलाई बच्चा खोजिदिन गुहार समेत गर्दै आएका छन् ।

कपिलवस्तु वीरपुर गाविस वडा नं. ६ कुँहरवेटवाकी ३२ वर्षीया राममती हरिजनको आठ दिनको शिशु अस्पतालबाटै चोरी भएको हो । शिशुलाई एक महिलाले लिएर भागेको आशंका गरिएपनि घटनाबारे सत्यतथ्य प्रहरीले समेत बाहिर ल्याउन सकेको छैन ।

बच्चा जन्माउँदा शल्यक्रिया गरेको स्थानमा लगाएको टाँका काट्न श्रीमान् परमात्मासँग अस्पताल पुगेकी राममतीले अपरिचित महिलालाई बच्चा समात्न दिएकी थिइन् ।

श्रीमान् शौचालय गएका बेला आफन्त जस्तो व्यवहार देखाएपछि अपरिचित महिलालाई बच्चा समाउन दिएको र उनी आफूलाई झुक्याएर गायब भएको राममतीले बताएकी छिन् । 

विवाह भएको १७ वर्षपछि हरिजन परिवारले गत पौष २३ गते लुम्बिनी अञ्चल अस्पतालमा पहिलो सन्तान प्राप्त गरेको थियो । तर, जन्मिएको आठ दिनमै छोरा हराएपछि हरिजन दम्पती अहिले गहिरो चिन्तामा छन् ।
शिशुका आमा बुवाले बच्चको खोजि गरिदिन प्रहरी प्रशासन लगायत सबैसँग गुहार मागेका छन् ।

यो विषयमा प्रहरीले अनुसन्धान थालेको बताए पनि अस्पतालमा खैलाबैला हुन बाहेक अन्य उपलब्धी हुन सकेको छैन । 

प्रकाशित मिति: January 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |