• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कांग्रेसका तीन नेताहरु तीन घण्टा छलफल गरेपनि विवाद मिलेन
कांग्रेसका तीन नेताहरु तीन घण्टा छलफल गरेपनि विवाद मिलेन

माघ २ । कांग्रेस भित्र पार्टी सभापति सुशिल कोइराला, उपसभापति रामचन्द्र पौडेल तथा बरिष्ठ नेता शेर बहादुर देउवा तिनै जना नेता सरकारको नेतृत्व गर्न इच्छुक भएपछि विवाद मिलाउन आज बैठक बसे पनि कुनै सहमति भने जुट्न सकेन ।

 सरकारको नेतृत्व लगायत विषयमा कांग्रेसका तीन शिर्ष नेताबीच अझै विवाद मिल्न सकेको छैन । उनीहरुबीच आज करिब तीन घण्टा छलफल भएपनि कुरा नमिलेको हो ।

बैठकबाट बाहिरिदिैं उपसभापति रामचन्द्र पौडेलले सरकार गठनका विषयमा अन्य दलसँग पनि छलफल गर्ने र आन्तरिक छलफललाई पनि निरन्तरता दिने बताए ।

सभापति कोइरालाले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने गरी छलफल थालिसके पनि उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको दाबेदार रहेको सार्वजनिक रुपमै अभिव्यक्ति दिंदै आएका छन् ।

उता, देउवा पनि कार्यबाहक सभापति नपाएमा कोइरालालाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ अघि बढिरहेका छन् ।

प्रकाशित मिति: January 16, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |