सभापति कोइराला र अमेरिकी राजदूत बिच भेटवार्ता
पुस २१ । नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडे बिच भेटवार्ता भएको छ ।
सभापति कोइरालाको निवासस्थान महाराजगञ्जमा भएको भेटमा राजदूत बोडेले सभापति कोइरालालाई संविधानसभा निर्वाचनमा ठुलो दल भएकोमा र दुई स्थानबाट निर्वाचित हुनुभएकामा बधाई दिएका थिए ।
सभापति कोइरालाले संयुक्त राज्य अमेरिकाले नेपालमा लोकतन्त्रको स्थापना र संस्थागत विकासमा दिएको नैतिक समर्थनका साथै आर्थिक–सामाजिक विकासका लागि प्रदान गर्दै आएको निरन्तर सहयोगको प्रशंसा गरेका थिए।
भेटवार्तामा संविधानसभा निर्वाचनपछिको राजनीतिक अवस्था तथा नेपाल र अमेरिकाको द्विपक्षीयसम्बन्धबारे पनि कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति:
January 05, 2014