यी हुन् सौन्दर्य साधनमा मिसाइने तत्वहरु
सौन्दर्य सामग्रीहरु विभिन्न किसिमका तत्त्वहरु मिश्रण गरी बनाइएको हुन्छ । सबै सौन्दर्य सामग्रीमा एकै प्रकारको तत्त्व मिसाइएको हुँदैन, सौन्दर्य सामग्री कुन प्रयोजनका लागि हो, सोही अनुरुपका तत्त्व मात्र मिसाइएको हुन्छ । जस्तै– क्रिममा मिसाइएको तत्त्व लिपस्टिकमा मिसाइएको हुँदैन र मिसाउनुपर्छ भन्ने पनि छैन । किनभने क्रिम र लिपस्टिकले गर्ने कार्य फरक हुन्छ । त्यसैले सौन्दर्य सामग्री किन्दा वा प्रयोग गर्दा यसमा मिसाइने खास तत्त्वहरुको जानकारी हुनु जरुरी हुन्छ । यहाँ सौन्दर्य सामग्रीमा मिसाइने मुख्य तत्त्वहरुबारे उल्लेख गरिन्छ ।
AHA / BHA
एचए र बीएचए भनेका एक प्रकारका अम्लीय तत्त्व हुन् । यसलाई अल्फा र बिटा हाइड्रो अम्लीय तत्त्व भनिन्छ । यी प्राकृतिक तत्त्वहरु उखु, दूध, फलफूल तथा खुँदोमा पाइन्छ । यी तत्त्वलाई सालिसाइलिक एसिड पनि भनिन्छ । यसको मिश्रण भएको सौन्दर्य सामग्रीले तैलीय छालालाई धेरै फाइदा पुर्याउँछ । अनुहारमा ब्ल्याक हेड्स एवम् ह्वाइट हेड्स भएमा यो तत्त्वले धेरै फाइदा गर्छ । यी तत्त्वहरु प्रायः फेसवास तथा फेसियल क्रिमहरुमा मिसाइएको हुन्छ । यी ब्ज्ब् र द्यज्ब् दुवै अम्लीय तत्त्वले अनुहारमा देखा पर्ने मसिना धर्का तथा चाउरी कम गर्न मद्दत गर्छ । छालाका छिद्रहरु सफा राख्ने काम गर्नुका साथै छालाको बनावटलाई पनि सुधार गर्छ । उमेर बढ्दै गएपछि अनुहारको छालामा सतह बढ्न थाल्छ र प्राकृतिक किसिमबाट छालाका मृतकोषिका हट्दै जाने प्रक्रिया ढिला हुँदै जाने हुन्छ । यो ढिला हुने प्रक्रियालाई ब्ज्ब् र द्यज्ब् तत्त्वले रोक्ने काम गर्छ । त्यसकारण यी सौन्दर्य समग्री किन्दा तिनमा अम्लीय तत्त्वको मिश्रण छ कि छैन र भएमा कति प्रतिशत छ भन्ने कुरा थाहा पाउनु जरुरी छ । सौन्दर्य प्रसाधनमा यस्ता तत्त्वको प्रतिशत १० भन्दा कम हुनुपर्छ ।
Lanolin
यसमा धेरै मात्रामा चिसोपन हुन्छ । त्यसकारण यसको प्रभावले चिलाउने तथा जलन हुने कम गर्छ । ीबलयष्लि एक प्रकारको भेडाको बोसो हो । यस प्रकारको तत्त्व साबुन, विभिन्न सौन्दर्य सामग्री तथा मलहमहरुमा अन्य वस्तुसँग मिश्रितरुपमा पाइन्छ । यसले कसै–कसैलाई नकारात्मक असर पार्छ, जसले गर्दा छाला चिलाउने, रातो हुने तथा पोलेको महसुस हुने हुन्छ । यस्तो अवस्थामा ीबलयष्लि मिश्रित सौन्दर्य सामग्री प्रयोग गर्दा कगलकअचभभल अवश्य प्रयोग गर्नुपर्ने हुन्छ । ीबलयष्लि युक्त सौन्दर्य सामग्रीले अनुहारको छालालाई वातावरणीय कुप्रभावबाट बचावट गर्छ । यसले छालालाई प्रदूषण हुनबाट बचाइराख्न पनि मद्दत गर्छ ।
Kaolin
यो सौन्दर्य सामग्रीहरुमा वर्षाैंदेखि प्रयोग हुँदै आइरहेको पदार्थ हो । यो एक प्रकारको सेतो माटोजस्तो खनिज पदार्थ हो । यसले छालामा भएको दूषित विषादि तत्त्वहरु सोसेर बाहिर फाल्ने काम गर्छ । अनुहारमा लगाएर बिस्तारै मालिस गर्दा सुकेका कोषिकाहरु बाहिर फाल्ने काम गरी छाला सफा राख्न मद्दत गर्छ । यसको प्रयोग सबै प्रकारका छालालाई प्रभावकारी छ । यो खनिज पदार्थ विशेष गरी फेसप्याकमा अरु तत्त्वहरुसँग मिसाइएको हुन्छ ।
Keratin
यो केश, छाला तथा नङमा पाउने एक प्रकारको प्रोटिन हो । यसले छालालाई झुल्नबाट रोक्ने काम गर्छ । यो कडा तथा रेसायुक्त हुन्छ । यसले छालालाई कसिलो बनाइराख्न मद्दत गर्छ । प्भचबतष्ल प्रायः केश, छाला तथा नङमा प्रयोग गर्ने सामग्रीहरुमा अन्य तत्त्वसँग मिश्रितरुपमा पाइन्छ । प्भचबतष्ल भएको सामग्रीको प्रयोगले संवेदनशील, सुक्खा तथा घुम्रिएको केशलाई नरम तथा कोमल बनाउँछ । यो केशमा लगाएको कम्तीमा ७२ घण्टासम्म पानीले पखाल्न मिल्दैन ।
Antioxidant
एन्टिअक्सिडेन्ट भनेको विभिन्न किसिमको पौष्टिक तत्त्व हो । भिटामिनहरु, फाइटो केमिकल तथा अन्य पौष्टिक तत्त्वहरु यसअन्तर्गत पर्छन् । यस्ता तत्त्वले छालाभित्र रहेका कोषिकाहरुलाई बाहिरी नकारात्मक प्रभावबाट बचाइराख्न मद्दत पुर्याउने हुन्छ । त्यसैले यस्तो तत्त्व मिश्रित सौन्दर्य सामग्रीले छाला झुल्न तथा चाउरी पर्नबाट बचाउने काम गर्छ । कुनै पनि सौन्दर्य सामग्रीमा भिटामिन ‘ए’, भिटामिन ‘बी’ र भिटामिन ‘ई’ तथा ग्रीन–टी मिसाइएको हुन्छ । त्यसकारण सौन्दर्य सामग्रीको छनोट गर्दा यी पौष्टिक तत्त्व मिसाइएको छ⁄छैन हेरेर लिनुपर्ने हुन्छ । यी तत्त्वको मिश्रण भएका सौन्दर्य सामग्रीले सूर्यको किरणबाट हुने नकारात्मक असरबाट बचाउने काम गर्छ । आफ्नो छालालाई सधैँ स्वच्छ र ताजा राख्न फलफूल पनि प्रशस्त खाने गर्नुपर्छ । एन्टिअक्सिडेन्ट विशेष गरी क्भचगmक केश तथा छालाका लागि प्रयोग हुने क्रिमहरुमा मिसाइएको हुन्छ ।
SPF (Sun Protection Factor)
सूर्यको किरणले अनुहारको छालालाई नराम्रो असर पुर्याउने भएकाले यसको रोकथामको निमित्त सौन्दर्य सामग्रीमा क्एँ मिसाइएको हुन्छ । क्एँ पनि विभिन्न नम्बरको हुन्छ । छालाको किसिम तथा सूर्यको किरणको आधारमा क्एँ को नम्बर उल्लेख भएको हुन्छ । साधारणतया क्एँ ज्ञछ भएको सौन्दर्य सामग्री प्रयोग गर्दा सूर्यको किरणबाट छालामा हुने नकारात्मक असर ९० प्रतिशत रोक्ने काम हुन्छ । क्एँ विशेष गरी प्राइमर, लिपस्टिक, कमप्याक ९ऋयmउबअत० पाउडर तथा सबै प्रकारका फाउन्डेसनमा पाइन्छ । साभारः साधना मासिक

प्रकाशित मिति:
January 05, 2014