• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » सभासदद्धारा अमेरिकी ग्रिनकार्ड फिर्ता
सभासदद्धारा अमेरिकी ग्रिनकार्ड फिर्ता

माघ १९ । राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) की प्रमुख सल्लाहकार समेत रहेकी सभासद निर्जला राउतले आफ्नो ‘ग्रिनकार्ड’ नेपालस्थित अमेरिकी दूतावासमा फिर्ता गरेकी छन् ।

अमेरिकाको ‘ग्रिनकार्ड’ लिइसकेकी राउत सभासद भएको भन्दै पार्टीभित्र र बाहिर विवाद भएपछि उनले दूतावासमा आफैं गएर बुझाएको खबर कान्तिपुरमा छ ।

ग्रिनकार्ड अमेरिकामा स्थायी बसोबास गर्न दिइने अनुमतिपत्रका अतिरिक्त त्यहाँको नागरिकता पाउने प्रक्रिया हो । उनी भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्छन् ।
रामसपाले ‘ग्रिनकार्ड होल्डर’ राउतलाई संविधान निर्माण गर्ने संविधानसभाकै सदस्य बनाएको र अमेरिकी नागरिक हुने क्रममा रहेको व्यक्ति कसरी नेपालप्रति बफादार हुन सक्छन् भन्ने राजनीतिक तथा नैतिक प्रश्न उठ्ने समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएपछि उनी विवादमा तानिएकी थिइन् ।

प्रकाशित मिति: February 02, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
  • आजको राशिफल 15 January 2013
  • ट्रकबाट १ लाख १८ हजार लुटियो
गृह पृष्ठ |