सरकारी नियम मानेरै घानाबाट सुन झिकाउन खोज्दा एक नेपालीको ४ करोड डुब्यो
माघ १९ । सरकारले तोकेको नियम उपाय अपनाएरै एक नेपालीले अफ्रिकाको घानाबाट सुन झिकाउन पठाएको ४ करोड रुपैयाँ डुबेको छ ।
अबैध रुपमा सुनचाँदी आयात निर्यात हुने गरेको खबर आइरहेका बेला नेपाली व्यवसायी दिनेशकुमार मिश्रले घानास्थित गोल्ड कोस्ट कम्पनीसँग चार वर्षअघि ४ लाख डलर (झन्डै ४ करोड रुपैयाँ) मूल्य तिरेर २ सय केजी सुन आयात गर्ने सम्झौता गरे पनि उक्त पैसा डुबेको पुष्टि भएको हो ।
सम्झौतापछि पनि सुनको कारोबार गर्ने गोल कोस्ट कम्पनीका प्रबन्धक अल्फ्रेड कोफी जोन्सलाई भेट्न घाना पुगेर सबै तहमा आश्वस्त भएपछि मात्रै व्यवसायी मिश्रले बैंक र मनी ट्रान्सफरबाट पैसा पठाउन थालेका थिए ।
आफ्नो अधिनमा रहेको श्रेया बिजिनेस ट्रेडिङ कन्सर्न प्रालिमार्फत भइरहेको कारोबारमा पैसा तिरेर पनि सजिलै सुन नआएपछि मिश्रले प्रवन्धक जोन्सलाई सम्पर्क गरेका थिए । जोन्सले ठूलो अनुपातमा सुन पठाउन भन्सार कठिनाइ देखिएकाले केही पैसा लिएर मलेसिया आउन र त्यहाँबाट सुन लिएर जान अर्को चरणमा आश्वस्त दिलाएका थिए ।
‘कागजी र अन्य विश्वासका आधारबाट फेरि थप पैसाको जोहो गर्दै हामी क्वालालाम्पुर पुग्यौं, त्यहाँ गोल्ड कोस्ट कम्पनीका अर्का प्रतिनिधि अल्फेडलाई ३५ हजार डलर बुझायौं,’ कारोबार डुबेपछि बिचल्लीमा परेका मिश्रले भने, ‘त्यहाँ प्याक गरिएका सुन (धुलो) का बट्टा पनि थिए, कम्पनीका प्रतिनिधि अल्फ्रेड हामीसँग काठमाडौंसम्म आउने भनेर टिकटसमेत काटिएको थियो । तर एकाएक ती प्रतिनिधि र सुनको कार्गो गायब भएपछि हामी अवाक् भयौं ।’
२००९ को मार्चको यो घटनापछि काठमाडौं फिरेका व्यवसायी मिश्रले परराष्ट्र, वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालय हुँदै दिल्ली र मलेसियास्थित नेपाली दूतावास, घाना उच्च आयुक्त कार्यालयसँग समेत आफ्नो डुवेको पैसा उठाउन हार गुहार गरेको कान्तिपुर दैनिकमा खबर छ ।
अबैध रुपमा सुनचाँदी आयात निर्यात हुने गरेको खबर आइरहेका बेला नेपाली व्यवसायी दिनेशकुमार मिश्रले घानास्थित गोल्ड कोस्ट कम्पनीसँग चार वर्षअघि ४ लाख डलर (झन्डै ४ करोड रुपैयाँ) मूल्य तिरेर २ सय केजी सुन आयात गर्ने सम्झौता गरे पनि उक्त पैसा डुबेको पुष्टि भएको हो । सम्झौतापछि पनि सुनको कारोबार गर्ने गोल कोस्ट कम्पनीका प्रबन्धक अल्फ्रेड कोफी जोन्सलाई भेट्न घाना पुगेर सबै तहमा आश्वस्त भएपछि मात्रै व्यवसायी मिश्रले बैंक र मनी ट्रान्सफरबाट पैसा पठाउन थालेका थिए ।
आफ्नो अधिनमा रहेको श्रेया बिजिनेस ट्रेडिङ कन्सर्न प्रालिमार्फत भइरहेको कारोबारमा पैसा तिरेर पनि सजिलै सुन नआएपछि मिश्रले प्रवन्धक जोन्सलाई सम्पर्क गरेका थिए । जोन्सले ठूलो अनुपातमा सुन पठाउन भन्सार कठिनाइ देखिएकाले केही पैसा लिएर मलेसिया आउन र त्यहाँबाट सुन लिएर जान अर्को चरणमा आश्वस्त दिलाएका थिए ।
‘कागजी र अन्य विश्वासका आधारबाट फेरि थप पैसाको जोहो गर्दै हामी क्वालालाम्पुर पुग्यौं, त्यहाँ गोल्ड कोस्ट कम्पनीका अर्का प्रतिनिधि अल्फेडलाई ३५ हजार डलर बुझायौं,’ कारोबार डुबेपछि बिचल्लीमा परेका मिश्रले भने, ‘त्यहाँ प्याक गरिएका सुन (धुलो) का बट्टा पनि थिए, कम्पनीका प्रतिनिधि अल्फ्रेड हामीसँग काठमाडौंसम्म आउने भनेर टिकटसमेत काटिएको थियो । तर एकाएक ती प्रतिनिधि र सुनको कार्गो गायब भएपछि हामी अवाक् भयौं ।’
२००९ को मार्चको यो घटनापछि काठमाडौं फिरेका व्यवसायी मिश्रले परराष्ट्र, वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालय हुँदै दिल्ली र मलेसियास्थित नेपाली दूतावास, घाना उच्च आयुक्त कार्यालयसँग समेत आफ्नो डुवेको पैसा उठाउन हार गुहार गरेको कान्तिपुर दैनिकमा खबर छ ।
प्रकाशित मिति:
February 02, 2014