६० जिल्लाका १२ हजारलाई स्वरोजगार तालिम
रोजगार कोष/हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले देशका ६० जिल्लाका करीब १२ हजार युवाहरुलाई स्वरोजगारको निशुल्कः तालिन दिने भएको छ । युवाहरुलाई स्वरोजगार बन्ने अवसर प्रदान गर्न कार्पेन्टर, आल्मुनियम, वल्डिङ, वेटर, सिलाई, मोवाईल बनाउने तालीम लगायत गरि करिव ७० प्रकार भन्दा बढिका तालिमहरु रोजगार कोषले् प्रदान गर्ने भएको नेपाल सरकार अन्तर्गतको रोजगार कोषका टिम लिडर बलराम पौडेलले बताए ।पौडेलले भने “हामीले तालिम मात्र दिदैनौ, तालीमपछि युवाहरुलाई करिव ८ हजार रुपैया बराबरको आवश्यक सामग्री पनि दिन्छौ, जसले गर्दा उनीहरुमा उद्यमी बन्न हौसला मिन्नेछ ।” उद्यमी तथा ब्यवसायी बन्नको लागि बैंकसँग ऋण, दर्ता लगायतमा पनि सहयोग हुने पौडेलले जनाए ।
दुर्गम क्षेत्र र अति बिपन्न परिवारका युवाहरुलाई खाना, बस्नको पनि ब्यवस्था गरिने भएको पौडेलले जनाए । ४ महिनासम्म चल्ने तालिम करीब दुई हप्तापछि शुरु हुने बताईएको छ । सन् २०१४ भित्र देशका करिव १२ हजार युवाहरुलाई तालिम प्रदान गरिने लक्ष्य रहेको पौडेलले जनाए । पश्चिमाञ्चलको क्षेत्रको पोखरा कार्यालय मार्फत १ हजार २ सय युवालाई रोजगारीको तालीम र ६ सयलाई उद्यमशिलता प्रदान गरिने लक्ष्य रहेको पौडेलले बताए ।
तालीमको लागि कोषले पोखरामा ३ वटा तालिम प्रदान गर्ने संस्था छनौट गरेको कारोबारमा खबर छ । तालिम प्रदानको लागि पोखरामा जनहित, जिनियस र पञ्चकन्या तालिम केन्द्र छनौट गरिएको हो ।
सन् २००८ देखि नेपालमा यसप्रकारको कार्यक्रम शुरु भएको हो । सन् २०१३ सम्म करिव ७० हजार युवाले तालिम प्राप्त गरेको र ७० प्रतिशत नेपालमै स्वरोजगार र उद्यमी बनेको पौडेलले दावी छ । अहिलेसम्म १ जना युवालाई तालिम प्रदान गर्न करिव ३० हजार रुपैया खर्च लाग्ने गरेको र सन् २०१४ देखि १ युवालाई ४५ हजार रुपैया लाग्ने कोषको भनाई छ ।
युवा स्वरोजगार बन्ने तालीम र परामर्श बारेमा जानकारी दिन पोखरामा जारी रहेको औद्योगिक ब्यापार मेलामा १० वटा स्टल राखिएको छ । कोषको क्षेत्रिय कार्यालय हाल बुटवलमा रहेको र केहि हप्तामै पोखरामा पनि रहने भएको बताईन्छ ।
प्रकाशित मिति:
February 01, 2014