• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, World » अमेरिकाले हरेक दिन २० करोड एसएमएस निगरानी गरेको खुलासा
अमेरिकाले हरेक दिन २० करोड एसएमएस निगरानी गरेको खुलासा

माघ ३ । अन्य देशका सुचना विभिन्न तवरबाट चोरेको आरोप खेप्दै आएको अमेरिकाले विश्वभर हरेक दिन बीस करोड भन्दा बढी (मोबाइल सन्देश) एसएमएस निगरानी गरी सञ्चय गर्ने गरेको नयाँ खुलासा भएको भएको छ ।

 बेलायतको गार्जियन समाचारपत्रले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले हरेक दिन बीस करोड भन्दा बढी मोबाइल एसएमएसको जासुसी गरी सञ्चय गर्ने गरेको समाचार प्रकाशित गरेको छ ।

बेलायती सञ्चारमाध्यमहरुले हरेक दिन अमेरिकाले बीस लाख एसएमएसको विश्लेषण र सञ्चय गर्ने गरेको गार्जियन समाचारपत्रलाई उदृत गर्दै बिबिसीले समेत यो खबर सार्वजनिक गरेको छ ।

अमेरिकाले बेलायती नागरिकहरुका बारेमा समेत जासुसी गरेको र यसबाट व्यक्तिगत गोपनीयता सम्बन्धी अधिकारको हनन भएको बेलायती सञ्चारमाध्यमहरुको दाबी समेत गरेका छन् ।
अमेरिकाले भने कानुन अनुसार एसएमएसहरुको विश्लेषण र सञ्चय गरिएको तर्क गरेको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सञ्चार जासुसीबारे महत्वपूर्ण सम्बोधन गर्ने तयारी गरिरहेको बेला पूर्व अमेरिकी जासुस एडवर्ड स्नोडेनलाई उदृत गर्दै समाचार सार्वजनिक भएको हो ।

प्रकाशित मिति: January 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |