• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Technology » सूचना संकलनका लागि अमेरिकाबाट उडाइएको बेलुन हुम्लामा अलपत्र
सूचना संकलनका लागि अमेरिकाबाट उडाइएको बेलुन हुम्लामा अलपत्र

पुस ३० । अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हुम्लाको उत्तरी क्षेत्रस्थित डाँडामा पुगेर अलपत्र परेको छ।

 शनिबार राति ८:४५ बजे हुम्ला पुगेको सेतो रङको अमेरिकी बेलुन नेपाल छिरेको जानकारी भारतका उड्डयन अधिकारीले नेपाली अधिकारीलाई दिएका थिए ।

इन्टरनेट सर्च इन्जिन गुगलले उत्तर-पश्चिम क्षेत्रतिर उडाएको कलसाइन ४४५३ भएको उक्त बेलुन नेपालमा त्यो पनि उत्तरी हुम्लामै आएर किन रोकियो भन्नेबारे नेपालका उड्डयन अधिकारी अनभिज्ञ रहेको खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

हल्का पारदर्शी हुने प्रविधिबाट निर्मित बेलुनभित्र कुनै मानव वा जीव नभएको सूचना नेपालले पाएको छ।

हुम्लाको सिमिकोट विमानस्थलदेखि २० किलोमिटर पूर्व र न्यारीचौरदेखि १० माइल उत्तरपूर्वमा रहेको रोडीकोट गाविसको डाँडामा बेलुन रोकिएको सूचनाका आधार खोजी गरिएको छ। 'यसबारे हामीलाई गुगलले पनि क्यालिफोर्नियाबाट खबर गर्‍यो', त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले सोमबार अन्नपूर्णसँग भने, 'उक्त बेलुन किन उडाइएको थियो भन्ने जानकारी भने हामीलाई दिइएको छैन।' 

प्रकाशित मिति: January 14, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |