• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News, photo Gallary » प्रचण्डको दस्तावेजमा बाबुरामको चित्त बुझेन, सानेपामा छुट्टै भेला
प्रचण्डको दस्तावेजमा बाबुरामको चित्त बुझेन, सानेपामा छुट्टै भेला

पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालद्धारा माघ २ देखि सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने दस्तावेजमा बरिष्ठ नेता बाबुराम भट्टराईले असहमति जनाएका छन् ।
भट्टराई निवास सानेपामा सोमबार बसेको उनी पक्षधर नेताहरुको भेलाले दाहालको दस्तावेजमा असहमति जनाउँदै आफ्नो कुरा कडा रुपमा केन्द्रीय समिति बैठकमा राख्ने निर्णय गरेको छ ।

समानुपातिक सभासद् छनौटमा केन्द्रीय समितिको निर्णय विपरित भएको र पार्टी पराजयको नैतिक जिम्मेवारी अध्यक्ष दाहालले लिनुपर्ने बाबुरामको पूर्व अडान कायमै रहने देखिएको हो ।

दाहालको दस्तावेजको विपक्षमा छुट्टै दस्तावेज लेख्ने या नलेख्ने बारेमा बाबुरामले अहिलेसम्म केही पनि खुलाएका छैनन् ।

बाबुराम पक्षले जसको विचार उसको नेतृत्व भन्ने विषयलाई पनि जोड दिंदै आएका छन् भने चुनावमा पराजयको जिम्मा पार्टीको उच्च तहबाट आत्मालोचना हुनुपर्ने माग समेत अघि सार्दै आएका छन् । तर यसअघि भट्टराईले आफू १ वर्षसम्म कुनै पदमा नबस्ने घोषणा भने गरिसकेका छन् ।

यसअघि पुस २६ गतेका लागि आह्वान गरिएको केन्द्रीय समितिको बैठक पनि एमाओवादी भित्रको आन्तरिक विवादका कारण माघ २ गतेलाई सारिएको थियो ।

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |