• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » राष्ट्रपति फेर्ने विषयमा कांग्रेस र एमालेको विवाद चर्कने संकेत
राष्ट्रपति फेर्ने विषयमा कांग्रेस र एमालेको विवाद चर्कने संकेत

पुस । राष्ट्रपति फेर्ने या निरन्तरता दिने भन्ने विषयमा पहिलो दल नेपाली कांग्रेस र नेकपा एमालेमा विवाद चर्कने संकेत देखिएको छ ।

यसअघि पनि यो विषयमा तिब्र विवाद भएपनि संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयका कारण यो विषय ओझेलमा परेपनि पुनः विवाद चर्कने देखिएको हो ।

नेपाली कांग्रेस राष्ट्रपति परिवर्तन गर्न नहुने भन्ने अडानमा छ भने नेकपा एमाले नयाँ जनादेश अनुसार राष्ट्रपतिको पनि निर्वाचन हुनुपर्ने अडानमा छ । यो विषयमा एमाओवादी भित्र भने विवाद छ । अध्यक्ष पुष्पकमल दाहाल पक्ष राष्ट्रपति परिवर्तन नगरे पनि हुने भन्नेमा छ भने बरिष्ठ नेताद्धय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भने राष्ट्रपति परिवर्तनका पक्षमा छन् । तर, एमाओवादीले यसको औपचारिक निर्णय केन्द्रीय समिति बैठकबाट गर्नेछ ।

राष्ट्रपतिका विषयमा विवाद चलिरहेको बेला एमालेका सचिव शंकर पोख्रेलले नयाँ राष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु हुने बताएका छन् ।

आगामि माघ ८ गते संविधानसभाको पहिलो बैठक बसे लगत्तैको पहिलो काम राष्ट्रपति र उपराष्ट्रपतिको परिवर्तन, त्यसपछि संविधानसभाको अध्यक्ष चयन र तेस्रो काम संविधानसभामा नियमावली परिवर्तनसँगै विभिन्न समितिहरु गठन हुनु पर्ने उनको भनाईले पनि यो विषयमा विवाद चुलिएर जाने देखिएको छ ।

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |