• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, photo Gallary, Political » आफ्नै प्रस्तावबाट पछि हटे प्रचण्ड
आफ्नै प्रस्तावबाट पछि हटे प्रचण्ड

काठमाडौं, १५ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल दुई हप्तादेखि जारी केन्द्रीय समिति बैठकमा पेस गरिएको दस्तावेजबाट एकाएक पछि हटेका छन् ।

संविधानसभाको निर्वाचनमा पार्टी पराजित भएपछि पार्टी सृदृढीकरणका लागि भन्दै केन्द्रीय समिति सानो बनाउने प्रस्ताव दाहाल आफैंले केन्द्रीय समिति बैठकमा लिखित रुपमा गरेपनि बुधबारसम्म आउ“दा भने आफ्नै उक्त प्रस्तावबाट पछि हटेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडा“डामा मंगलबार बिहान केन्द्रीय सदस्यहरुका बिच मन्तव्य दि“दै पार्टी कमिटीको आकार सानो पार्ने आफैंले अघि सारेको प्रस्ताव विपरित आगामी बैशाखमा हुने संगठानात्मक महाधिवेशनसम्म यथावत राखेर कार्य विभाजनको तयारी गर्न ब्यूरो इन्चार्जहरुलाई निर्देशन दिएका छन् । आधा घण्टा भन्दा बढी मन्तव्य दिएका दाहालले अहिले कमिटी सानो पार्ने कुरा सम्भव नभएको बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । दाहालको उक्त मौखिक प्रस्तावपछि उनी निकटका एक नेता उठेर प्रश्न गर्न खोज्दा उनलाई दाहालले रोक्दै अहिले कमिटी सानो पार्ने कुरा सम्भव नै नभएको भन्दै यसबारे कुरै नगर्न भनेका थिए ।


दाहालको उक्त प्रस्तावपछि एमाओवादीमा भने खैलाबैला नै भएको छ । दाहालल उक्त प्रस्ताव राखेपछि पूर्वउपाध्यक्षद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले मात्रै नभएर दाहाल पक्षले नै विरोध जनाएका छन् ।

बाबुराम निकट एक केन्द्रीय नेताले दाहालको दस्तावेजबाट पार्टी पुननिर्माण हुने आशा जगाएपनि बुधबारको कुराले तत्काल यो पार्टी बन्ने छा“ट नदेखिएको बताए र्। बैठकमा औपचारिक रुपमा लिखित प्रस्ताव राखेको २ हप्ता पनि बितेको छैन’ ती नेताले भने, '२ हप्ता आफ्नै प्रस्तावको पक्षमा अडिन नसक्नेबाट पार्टी पुननिर्माणको आशा गर्न कसरी सकिएला ?’

यसअघि दाहालले केन्द्रीय समिति बैठकमा पेस गरेको दस्तावेजमा केन्द्रीय कमिटी, जिल्ला कमिटी र स्थानीय कमिटीको आकार, समग्र कामको आवश्यकता, आलोचनासहित प्रभावकारी बैठक सञ्चालनका निमित्त चुस्त कमिटीको उद्देश्यमाथि ध्यान दिई निर्धारित गरिने भन्दै हालका लागि केन्द्रीय कमिटीको आकार ९९, जिल्ला कमिटीको आकार ५१ र स्थानीय कमिटीको आकार २५ भन्दा नबढ्ने गरि सम्बन्धित स्तरको सम्मेलनद्धारा निर्धारण गरिने प्रस्ताव गरेका गरेका थिए ।

तर, बुधबार भने दाहालले केन्द्रीय समितिलाई जस्ताको तस्तै राख्दै अन्य कमिटीहरु घटाउने प्रस्ताव गरेका हुन् । जस अन्तर्गत राज्य कमिटीलाई जिल्ला आयोजक समिति बनाउने, जिल्ला सदस्यहरुलाई एरियामा झार्ने दाहालले प्रस्ताव गरेका थिए ।

केन्द्रीय समितिको बैठकपछि बुधबार दिउसो नै बसेको ब्यूरो तथा राज्य समिति इन्चार्जहरुको बैठकमा केन्द्रीय कमिटी चा“ही जस्ताको तस्तै छाडेर अन्य कमिटी कसरी सानो बनाउन सकिन्छ भनेर नेताहरुले अध्यक्ष दाहालमाथि जाई लागेका थिए । 

दाहालको प्रस्तावपछि तल्ला कमिटी सदस्यहरुले समेत चर्को विरोध जनाएका छन् । कार्यकर्ताहरुले दाहालले गरेको प्रस्तावलाई हास्यस्पदको संज्ञा समेत दिएका छन् । एमाओवादी भातृ संगठन वाईसिएल उपत्यका संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) ले पार्टी बढी बिग्रिएको तल नभएर केन्द्रीय समितिमा नै भएको भन्दै केन्द्रीय समितिसहित सबै कमिटी भंग गर्न माग गरे । सामाजिक सञ्जाल फेसबुकमार्फत पनि उनले पार्टी कसैको बिर्ता नभएको चेतावनी समेत दिएका छन् । यो पार्टी तिमी बढे हाकिमहरुको बिर्ता होइन– जे मन लाग्छ गर्नलाई । तिमीहरुलाई का“डाले कोर्न पनि नहुने अरुका हातखुट्टा भाच पनि हुने ?’ उनले लेखेका छन्र्– हूती भए सबै कमिटीहरु विघटन गर, केन्द्रीय समितिका नामर्दहरु सबैले राजीनामा गर ।’

प्रकाशित मिति: January 29, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
गृह पृष्ठ |