६५ लाखमा राष्ट्रिय स्तरको स्विमिङ पुल बन्दै
सर्खेत १६ माघ
यहाँको वीरेन्द्रनगरमा निजी लगानीमा राष्ट्रियस्तरकै पौडी प्रतियोगिता गर्न सकिने स्विमिङ पुल (पौडी पोखरी) को निर्माण सुरु गरिएको छ।
वीरेन्द्रनगर–६ मा रहेको घन्टाघर पार्कका सञ्चालक चिन्तामणि शर्माले आफ्नै लगानीमा पौडी पोखरीको निर्माण सुरु गरेका हुन।
झन्डै ६५ लाख रुपैयाँको लागतमा पौडी पोखरी निर्माण गर्न लागिएको सञ्चालक शर्माले जानकारी दिएका छन।
पर्यटकीय स्थलका रुपमा यो ठाउँलाई विकास गर्न र पौडी खेलमा खेलाडीलाई प्रोत्साहित गर्न स्विमिङ पुलको निर्माण गर्न लागेको शर्माले बताउनुभयो।
“पर्यटकीय विकाससँगै यस क्षेत्रमा पौडी खेलको विकास गर्न पौडी पोखरी निर्माण गर्न लागिएको हो,” शर्माले भन्नुभयो – “यहाँ पौडीको तालिम पनि सञ्चालन गरिन्छ, राष्ट्रियस्तरको पौडी प्रतियोगिता पनि सञ्चालन गर्ने हाम्रो लक्ष्य छ।”
पौडी पोखरीको नगरपालिकाबाट प्राविधिक जाँचसमेत गरिसकिएको सञ्चालक शर्माले जानकारी दिनुभयो। पोखरीको १५ मिटर चौडाइ, २५ मिटर लम्बाइ र छ फिट गहिराइ हुने शर्माले बताउनुभयो।
सुर्खेतमा यसअघि शनि भिलेज एन्ड रिसोर्टमा स्विमिङ पुल निर्माण गरिएको भएपनि पार्कमा निर्माण गर्न लागिएको यो पुलमा प्रतियोगिता सञ्चालन गर्न सकिन्छ। खुला पार्कमा निर्माण गरिएको यस्तो पोखरी मध्यपश्चिममै नभएको सञ्चालक शर्माको भनाइ छ।
आगामी फागुन मसान्तसम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको यस पोखरीमा एकैपटक ५०/६० जना पौडी खेल्न सक्नेछन्। प्रतियोगितामा भने १० जनालाई सहभागी गराउन सकिने शर्माको भनाइ छ। पौडी पोखरीमा एक घन्टामा ५० हजार लिटर पानी शुद्ध गर्न सक्ने फिल्टर जडान गरिने बताइएको छ।
पोखरीको निर्माणपछि वार्षिक २० हजार जनाले सुविधा लिनसक्ने शर्माको भनाइ छ। पार्कमा पौडी पोखरी निर्माण भइसकेपछि सुर्खेतमा बाह्य तथा आन्तरिक पर्यटकको पनि वृद्धि हुने अपेक्षा गरिएको छ।
यसैबीच, पार्कलाई पर्यटकको प्रमुख गन्तव्य बनाउन बगैँचा, चिडियाखाना, चिल्ड्रेन पार्क बनाउनेलगायतका काम पनि सुरु गरिएको छ। तत्कालका लागि अष्ट्रिच राखिएको भएपनि आगामी दिन अन्य जनावर पनि राखिने शर्माले जानकारी दिनुभयो। रासस

प्रकाशित मिति:
January 30, 2014