• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary, Prawas » दक्षिण कोरिया जाने नेपालीले बैंक खाता खोल्नैपर्ने
दक्षिण कोरिया जाने नेपालीले बैंक खाता खोल्नैपर्ने

माघ । गणतन्त्र कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत श्रम करार प्राप्त गरी कोरिया जाने सम्पूर्ण नेपाली श्रमिकले आफ्नो मुलुकमा बैंक खाता खोल्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
कोरियाले यही माघ १८ गतेदेखि लागू हुने गरेको नयाँ व्यवस्थाअनुसार उक्त प्रणालीअन्तर्गत रोजगारीका निम्ति कोरिया जाने नेपालीले आफ्नो देशमा आफ्नै नाममा बैंक खाता खोलेर त्यसको विवरण यहाँस्थित इपिएस कार्यालयमा बुझाउनुपर्ने नयाँ नियम जारी गरेको हो। कोरियाली सरकारले श्रम तथा रोजगार मन्त्रालयलाई उक्त व्यवस्था गर्न र कामदारले उपलब्ध गराएको विवरण कोरिया पठाउन गरेको अनुरोधअनुसार नेपाली श्रमिकले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त 'क' वर्गको वाणिज्य बैंकमा खाता खोल्नुपर्नेछ।

श्रम सम्झौताको अवधि समाप्त भई स्वदेश फर्कने बेलामा सम्बन्धित कामदारले नियमानुसार प्राप्त गर्ने 'फिर्ता प्रत्याभूति बिमा' सम्बन्धित कामदारलाई सहज रुपमा उपलब्ध गराउने उद्देश्यले बैंक खाता अनिवार्य गरिएको श्रम विभाग, इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले बताए।

कोरियाबाट सम्बन्धित कामदार स्वदेश फर्केको १४ दिनभित्र बिमा रकम सोही खातामार्फत भुक्तानी दिने व्यवस्था कोरियाले गरेको बताउँदै उनले कोरियामा काम गरेर फर्केका र पुनः जानेहरूले पनि खाता खोल्नुपर्ने जानकारी दिए। उनले भने, 'माघ १८ पछि कोरिया जाने सबै श्रमिकले अनिवार्यरुपमा बैंक खाता खोल्नुपर्नेछ र त्यसो गरेको प्रमाणस्वरुप चेकबुक, पासबुक वा बैंक स्टेटमेन्ट साथै लिएर प्रस्थान गर्नुपर्नेछ।'

सरकार र गणतन्त्र कोरियाबीच सात वर्षअघि भएको समझदारीअनुसार इपिएस प्रणालीअन्तर्गत २१ हजारभन्दा बढी नेपाली कोरियामा काम गरिरहेको जानकारी दिँदै उनले त्यहाँ कार्यरत १५ देशका नागरिकमध्ये नेपाल पहिलो नम्बरमा रहेको बताए।

इपिएसअन्तर्गत हरेक कामदारले चार वर्ष १० महिना सेवा गर्नुपर्नेछ। उक्त अवधिमा रोजगारदाता कम्पनी परिवर्तन गर्न नपाइने कानुनी प्रावधान रहेको उल्लेख गर्दै निर्देशक शर्माले नेपालीको इमानदारी र लगनशीलताका कारण प्राप्त अवसरको भरपुर उपयोग गर्न र कसैको बहकाउमा आएर कम्पनी फेरबदल नगर्न उनले सम्बद्ध सबैलाई आग्रह गरे।

कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा काम गर्ने कामदारको करार अवधि समाप्त हुनु अगावै पुनः चार वर्ष १० महिना प्रतिबद्ध कामदारका रुपमा सोही कम्पनीमा काम गर्न पाइने व्यवस्था पनि कोरिया सरकारले गरेकाले गैरकानुनी गतिविधिमा नलाग्न उनले कोरिया जाने कामदारलाई सचेत तुल्याए ।

कोरियाली ऐनकानुनको बर्खिलाफ हुने गरी गतिविधि गरेमा उद्धार गर्न तथा कानुनी उपचारको बाटो पहिल्याउन ज्यादै झन्झट र आर्थिक रुपमा अति जटिल हुने भएकाले मुलुकको प्रतिष्ठालाई जोगाएर काम गर्नुपर्नेमा उनले जोड दिए। नेपालीका निम्ति आकर्षक गन्तव्य कोरियामा उपलब्ध अवसरको भरपुर उपयोग गर्न सबै श्रमिकलाई उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा बत्ती नआउने (तालिकासहित)
  • इलाममा बस दुर्घटना हुँदा तीनको मृत्यू
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
गृह पृष्ठ |