• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » प्रचण्ड नै एमाओवादी संसदीय दलको नेता, उपनेता बाबुराम
प्रचण्ड नै एमाओवादी संसदीय दलको नेता, उपनेता बाबुराम

काठमाडौं, १३ माघ । एकीकृत नेकपा माओवादी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल नै हुने निश्चित भएको छ ।


संसदीय दलको नेता चयन, जारी केन्द्रीय समितिको बैठकमा उठेका विषयहरूको कसरी निरूपण गर्ने भन्ने विषयमा अध्यक्ष दाहाल लाजिम्पाटमा बसेको पूर्व पोलिटब्युरो सदस्यहरूको बैठकले दलको नेता छान्ने जिम्मा हेडक्वार्टरलाई दिएको छ । 

हेडक्वार्टरलाई जिम्मा दिएपछि दाहाल संसदीय दलको नेता र डा. बाबुराम भट्टराई उपनेता हुने लगभग पक्कापक्की जस्तै बनेको छ । बाबुराम पक्षधर मानिएका पूर्वपोलिटब्यूरो सदस्य देवेन्द्र पौडेलले केही न केही निर्णय गर्न भनेर नेता छान्ने जिम्मा कार्यालयलाई नै दिएको बताए । अन्य नेतालाई दलको नेता बनाउ“दा विवाद देखिएकाले अब दाहाल नै नेता बन्ने पक्कापक्की जस्तै देखिएको अर्का पोलिटब्यूरो सदस्यको भनाई छ । एमाओवादी हेडक्वार्टरमा दाहाल, भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्ट बहादुर बोगटी छन् ।

बैठकपछि पूर्व पोलिटब्यूरो सदस्यहरुले संविधानसभामा पार्टीको भूमिकालाई सशक्त बनाउन शीर्ष नेतृत्व नै जानुपर्छ भनेर नेता छान्ने जिम्मा शीर्ष चार नेतालाई दिइएको बताएका छन् । 

यसअघि एमाओवादीभित्र संसदीय दलको नेता छान्ने विषयमा विवाद रह“दै आएको थियो । दाहालले कृष्णबहादुर महरालाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । उता, भट्टराईले नेता टोप बहादुर रायमाझीलाई अघि सारेका थिए । तर दाहाल पक्षधर नेताहरुले अध्यक्ष नै दलको नेता हुनुपर्ने अडान लिएका थिए । एमाओवादी भित्र चुनावमा पराजय भएकाले दलको नेता दोस्रो पुस्तालाई अघि सारेर शीर्षनेताहरु पार्टी निर्माणमा लाग्नुपर्ने आवाज समेत उठेको थियो ।

एमाओवादी बैठकमा पार्टी संगठनात्मकताका विषयमा पनि छलफल भए पनि कुनै निर्णय भने भएको छैन । नेता पौडेलले सबैलाई मिलाएर प्रस्ताव ल्याउन नेतृत्वलाई सुझाव दिएका जानकारी दिए ।

यस्तै, पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समितिको बैठकमा नेताहरूले उठाएको विषय र विशेष साङ्गठनिक अधिवेशनलगायतका विषयमा बैठकमा छलफल भएको बताए । 

मंगलबार बिहान पार्टी कार्यालयको बैठक बसेर पार्टी संगठनका विषयमा एजेण्डा तय गर्ने र दिउ“सो बस्ने केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजान एमाओवादी तयारी रहेको छ ।

पूर्व पोलिटब्यूरो सदस्यहरुले भने आगामी बैशाखमा संगठनात्मक सम्मेलन गर्ने र सम्मेलनपछि तयारी गरेर अर्को वर्ष विशेष महाधिवेशनमा जान सकिने सुझाव दिएका छन् ।

प्रकाशित मिति: January 27, 2014

यसमा तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार


प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्...

प्रदेश ३ को उपसभामुखमा माओवादी सांं...

पैसा कमाउन विदेश नै जानु पर्दैन

ठेउलेखोलाको परीक्षण उत्पादन सफल
नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
  • प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
  • प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
  • पैसा कमाउन विदेश नै जानु पर्दैन
  • ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
  • प्रदेश दुईको एक मात्रै महानगरपालिकामा कांग्रेस राजपाको चर्को टक्कर
  • नारी दिवसः मुक्तिका लागि डाँडू, पन्यू, चुलेसीसहितको आन्दोलन
  • फागुन ११ देखि रसुवागढीको आइपिओ
  • Miss Nepal Payal Shakya 2004
  • आगलागीमा परी पैँतालीस लाखभन्दा बढीको क्षति
गृह पृष्ठ |