• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic, आर्थिक समाचार » पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा
पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा

पुस २९ । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले युनाइटेड क्लब पोखराले भोली हुन लागेको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

क्लबले महोत्सवबाट प्राप्त हुने आम्दानीबाट पोखरामा चिडियाखाना निर्माण, अमरसिँह नमुना उच्चमाध्यमिक विद्यालय र कालिका उमाविमा छात्रवृत्ति स्थापना गर्न र बृहत् आयुर्वेद शिविर सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

 महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने र रु ६३ लाख ६३ हजार आम्दानी र ४७ लाख २६ हजार खर्च भई रु १६ लाख २७ हजार बचत हुने क्लबका अध्यक्ष हिमालय पोख्रेलले बताएका छन् ।

महोत्सव अवधिभर दर्शकको मनोरञ्जनका लागि अग्लो चरा ‘अस्ट्रिज’ पनि प्रदर्शनीमा राखिनेछ । महोत्सवलाई थप मनोञ्जनात्मक बनाउन विविध मनोरञ्जन, नृत्य प्रतियोगिता, दोहोरी, बालउद्यान, पप कन्सर्ट र झाँकी प्रदर्शन गरिने कार्यक्रम छ ।

 पोखरा महोत्सव भोली देखि माघ ८  सञ्चालन हुने छ । 

प्रकाशित मिति: January 13, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
गृह पृष्ठ |