• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ४३ जना विरुद्ध मानव बेचबिखनको मुद्दा दायर
४३ जना विरुद्ध मानव बेचबिखनको मुद्दा दायर

पुस २० । सन् २००३ बाट कञ्चनपुरलाई कार्यक्षेत्र बनाएको माइती नेपालले २०१३ को अन्त्यसम्म ४३ जनामाथि मानव बेचबिखनबिरुद्ध र जबरजस्ती करणी मुद्दा दायर गरेको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले मानव बेचबिखनबिरुद्ध २५ जना र जबरजस्ती करणीबिरुद्ध १६ जनामाथि मुद्दा चलाइएको बताइन् ।

सन् २००७ मा पहिलोपटक चारजनाविरुद्ध मानव बेचबिखन मुद्दा दर्ता गरेको थियो ।
उनका अनुसार ११ वर्षको अवधिमा माइती नेपालले ९६ जनाको उद्दार गरेको छ । जसमध्ये १७ जना बालबालिका छन् ।

यसैगरी माइती नेपालले यसै अवधिमा विभिन्न प्रलोभनमा परी भारतीय शहरका साथै तेस्रो मुलुक जान भनेर हिंडेका डेढ हजारभन्दा बढीलाई सीमा क्षेत्रमा रोकाथाम गरेको छ ।


संयोजक भट्टले ११ वर्षको अवधिमा माइती नेपालले झन्डै २२ हजार जनालाई चेलिबेटी बेचबिखनबिरुद्ध परामर्श दिएको जानकारी दिइन् ।
रासस

प्रकाशित मिति: January 04, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
गृह पृष्ठ |