• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » प्रचण्ड, बाबुराम र काजी एकै ठाउँमा भेटिन छाडे
प्रचण्ड, बाबुराम र काजी एकै ठाउँमा भेटिन छाडे

काठमाडौं, २५ पुस । एमाओवादी भित्र देखिएको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी भित्र प्रमुख मानिएका तीन जना नेता एकै ठाउँमा भेटिन छाडेका छन् ।
समानुपातिक सभासद् चयनस“गै उत्पन्न विवादले केही सातादेखि अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सार्वजनिक कार्यक्रममा एकै ठाउ“मा भेटिन छाडेका हुन् ।
Photo: File
किसान नेता जयगोविन्द शाहको २४ औं स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डा“डामा बिहीबार आयोजित कार्यक्रममा तीनै जना नेता एकै ठाउ“मा भेला हुने भनिए पनि भट्टराई उपस्थित नै भएनन् ।

कार्यक्रममा अध्यक्ष दाहाल र नेता श्रेष्ठ एकै ठाउ“मा देखिए पनि भट्टराईको प्रतिनिधित्व गर्दै पत्नी हिसिला यमी र नेता टोप बहादुर रायमाझी कार्यक्रममा उपस्थित थिए ।
प्रमुख अतिथि समेत रहेका अध्यक्ष दाहाल कार्यक्रममा आफ्नै नेताहरु निक्कै आक्रामक ढंगले प्रस्तुत भएका थिए । क्रान्तिकारीहरुले हारबाट पनि पाठ सिक्नुपर्ने भन्दै उनले कम्युनिष्ट नभएकाहरुले पार्टी भित्र भाडभैलो गर्ने भन्दै आफ्नै पार्टीका नेताहरुप्रति केन्द्रित हु“दै कडा आलोचना समेत गरे र्। पार्टी एउटा गम्भीर मोडमा छ, रुपान्तरणतिर गएर क्रान्तिकारी बन्न पनि सक्छ, विसर्जनतिर गएर विघटन हुन पनि सक्छ’, कार्यक्रममा बोल्दै दाहालले भनेर्, हामी क्रान्तिकारी कम्युनिष्टहरु हौं भने हारबाट सिक्नुपर्छ, कम्युनिष्ट नभएकाहरुले भने पार्टीमा भाडभैलो मच्चाउने समेत गर्छन् ।’

पार्टी भित्र ठूलो संकट उत्पन्न भएको स्वीकार गर्दै उनले वर्ग संकट र वर्गीय पतनमा वर्गीय निष्ठाप्रति जयगोविन्दबाट पाठ सिक्नुपर्ने समेत उल्लेख गरे ।
पार्टी भित्र माथिल्लो तहबाट आत्मसमिक्षा गर्दै निर्वाचनमा पार्टी पराजयको जिम्मा अध्यक्षले नै लिनुपर्ने विषय पार्टी भित्रै उठिरहेका बेला अध्यक्ष दाहालले भने कुनै पनि बहानामा पार्टीलाई कमजोर पार्ने काम नगर्न चेतावनी समेत दिए । पार्टीभित्र सबैको समिक्षा हुनुपर्ने र सबैले आत्मलोचना गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सम्बोधन गरिरह“दा दाहालले पटक पटक वर्ग संघर्षको कुरा उठाएर जयगोविन्दस“ग जोडेका थिए ।

स्टेजमा स“गै रहेका नेता श्रेष्ठले भने अब नया“ ढंगको पार्टी आवश्यकता औल्याए । पार्टी भित्र गम्भीर आत्म समिक्षा गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए र्। पार्टीभित्रको रोग व्यथा पहिल्याएर पार्टीलाई रुपान्तरण गर्नुपर्छ’ नेता श्रेष्ठले भनेर्, हामीले एक पटक गम्भीर आत्म समिक्षा गर्न जरुरी छ ।’

प्रकाशित मिति: January 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |