• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Prawas » अक्षयकोष स्थापनार्थ पोर्चुगलमा बृहत सांस्कृतिक कार्यक्रम
अक्षयकोष स्थापनार्थ पोर्चुगलमा बृहत सांस्कृतिक कार्यक्रम

दिनेश/विवेक
जनवरी, ९ । गैर—आवासीय नेपाली संघ एनआरएन पोर्चुगलको आयोजनामा नयाँ बर्ष २०१४ को अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । 

आपतकालिन अक्षयकोष स्थापना गर्ने उदेश्यले लिस्बोन स्थीत होटल सानामा यहि जनवरी १२ तारिखमा कार्यक्रम गर्न लागिएको हो । 

सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित लोक गायक पशुपति शर्मा, रिता थापा मगर, हास्य कलाकार मनोज गजुरेल सहित स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिन बताइएको छ ।

दिउसो २:३० बजेदेखि सुरुहुने सांस्कृतिक कार्यक्रमका लागि ७ युरो ९९ सेन्टको टिकटको ब्यवस्था गरिएको छ । 
पोर्चुगलमा आपत बिपतमा परेका नेपालीहरुको उद्धार तथा सहयोगार्थ अक्षयकोष स्थापना गर्न कार्यक्रमको आयोजना गरिएको गैर—आवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिए । 
दुर्घटनामा परि ज्यान गुमाएका तथा अंगभंग भएका र गम्भीर प्रकृतिका स्वास्थ्य समस्या भएका नेपालीको परिवारलाई अलिकति भएपनि राहत पुगोस् भनेर परोपकारी कार्यको थालनी गर्न लागिएको भन्दै गुरुङले सहयोगका लागि सबैलाई अनुरोध समेत गरे ।  

केहिदिन अघि मात्रै पोर्चुगलमा एक नेपालीले झुण्डीएर आत्महत्या गरेका थिए । पोर्चुगलमा रहेका नेपालीहरुले ब्यक्तिगत रुपमा रकम संकलन गरी उनको दाहसंस्कारको ब्यवस्था मिलाएका थिए ।

प्रकाशित मिति: January 09, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |