• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Hot Issue, Main News » घुमाउन लगिएकी पत्नी श्रीमानद्धारा नै भारतमा बेचिइन्
घुमाउन लगिएकी पत्नी श्रीमानद्धारा नै भारतमा बेचिइन्

पुस २६ । ‘अहिले म के गरुँ, के नगरुँको दोधारमा छु,’ लामो अनुनयपछि कुरा गर्न राजी भएकी उनले सुरुमै आफ्नो मनोदशा दर्शाइन्, ‘अन्यायमा परेँ, न्याय चाहियो भन्दै कतै जानसक्ने अवस्थामा म छैन, चुपचाप बस्दा पनि मन पटक्कै मान्दैन् ।’

आफ्नै पतिबाट भारतीय यौन बजारमा बेचिएकी झुमा लामा (नाम परिवर्तन० असुरक्षाको भयमा छिन् । घरीघरी घटनाबारे सबैलाई बताउँदै हिँडु जस्तो लाग्ने अनि फेरि घरपरिवार र भविष्य सम्झँदा संयमित बनिहाल्न बाध्य हुनुपर्ने स्थिति उनको रहेको नागरिक दैनिकमा खबर छ ।

केही समययता अन्तरद्वन्द्व यति तीब्र बनिरहेको छ, यसै गरुँ भन्ने मेसो उनले पाएकी छैनन् । आमाबासँगको भेटपछि केही नयाँ बाटो पत्ता लाग्ने आशा छ उनको ।

परिवार र छरछिमेकी सबैले लायक ठहर गरेर जसलाई कन्यादान गरे, उसैले छोरीको जीवन बर्बाद पारेको खबर उनका अभिभावकले पाएका छैनन् । तर, समस्यामा छु भनेर खबर गरेका कारण उनका अभिभावक झापाको काँकरभिट्टामा आउँदै छन् । उनी माइती नेपालको संरक्षणका बसेकी छन् ।

हेटौंडामा एउटा सरकारी विद्यालयबाट एसएलसी परीक्षा सकाउने वित्तिकै झुमाको विवाह गर्ने कुरा चल्यो । त्यसै विषयलाई लिएर एक छिमेकीले आफूले चिनेको राम्रो केटा रहेको र आम्दानी पनि राम्रै भएकाले छोरीलाई सुखका साथ पाल्न सक्ने भन्दै बिबाहको बन्दोबस्त भयो । बिहे भएको ८ महिनापछि श्रीमानले घुमाउन लैजाने भन्दै झुमालाई भारततर्फ लगे । तीन दिनपछि यो आसाम हो भनि जानकारी गराएका उनका श्रीमानले उनलाई एक दिन होटलमै राखे । भोली सबैतिर घुमाउने भनि सुतेका उनीहरुह विहान उठ्दा श्रीमान कोठामा थिएनन् । कतै गएको आशंकामा उनले एक दिन बिताईन । भोलि पनि नआउँदा होटलबालालाई खबर गर्न आग्रह गरिन् । 

प्रकाशित मिति: January 10, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • पत्तै नदिई गायिका सेलेना गोमेज नेपालमा
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
गृह पृष्ठ |