आयल निगमको मासिक घाटा बढ्यो

इण्डियन आयल कर्पोरेशन (आईओसी) देखी खाना पकाउने ग्यासको मूल्य बढाएकोले प्रतिसिलिण्डर ३ सय ८८ रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ ।
इण्डियन आयल निगमले जनवरी १ तारिखमा पठाएको नयाँ मूल्य सुची अनुसार निगमको घाटा मासिक एक अर्ब ८५ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।
आईओसीले बढाएर पठाएपछि अब निगमलाई एउटा सिलिण्डरमा एक हजार १४३ रुपैयाँ घाटा हुने आयल निगमले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा साउदी अरेबियाबाट कन्ट्रयाक्ट प्राइस ‘साउदी सीपी’ प्रति मेट्रिक टन २ सय ७६ अमेरिकी डलर बढेर आएपछि भारतले ग्यासको मूल्यमा बृद्धि गराएको हो ।
प्रकाशित मिति:
January 03, 2014