• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » आयल निगमको मासिक घाटा बढ्यो
आयल निगमको मासिक घाटा बढ्यो

 पुस १९ ।  नेपाल आयल निगमले मासिक घाटा एक अर्ब ८५ करोड ५८ लाख रुपैयाँ पुगेको जनाएको छ ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) देखी खाना पकाउने ग्यासको मूल्य बढाएकोले प्रतिसिलिण्डर ३ सय ८८ रुपैयाँ  घाटा भइरहेको  निगमले जनाएको छ ।

इण्डियन आयल निगमले जनवरी १ तारिखमा पठाएको नयाँ मूल्य सुची अनुसार निगमको घाटा मासिक एक अर्ब ८५ करोड ५८ लाख रुपैयाँ पुगेको हो ।

 आईओसीले बढाएर पठाएपछि अब निगमलाई एउटा सिलिण्डरमा एक हजार १४३ रुपैयाँ घाटा हुने आयल निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा साउदी अरेबियाबाट कन्ट्रयाक्ट प्राइस ‘साउदी सीपी’ प्रति मेट्रिक टन २ सय ७६ अमेरिकी डलर बढेर आएपछि  भारतले ग्यासको मूल्यमा बृद्धि गराएको हो ।

प्रकाशित मिति: January 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |