जंगलमा काठ तस्कर र वन रक्षकबिच गोली हानाहान
पुस १९ । रौतहट स्थित विश्रामपुरको जंगलमा काठ तस्कर र वन रक्षकबिच गोली चलेको छ ।हतियार सहित काठ तस्करीका लागी जंगलमा पुगेका तस्करहरु र वन रेन्जपोष्टका रक्षक विच दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ ।
काठ तस्करहरुले काठ सर्लाही तर्फ ल्याउंदै गर्दा गस्तीटोलीले उनीहरुलाई जंगलमा देखेपछि दोहोरो गोली चलेको थियो।
गोली प्रहारबाट मानविय क्षती केही नभएको प्रहरीले जनाएको छ । दोहोरो गोली चलेको केही समयमै तस्कर फरार भएका थिए । टोलिले त्यहाबाट एक थान टायर गांडा,दुई ओटा रांगा र गाडामा लोड गरिएको काठ समेत बरामत गरेको जनाएको छ ।
तस्करको खोजीकार्य तिब्र बनाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
January 03, 2014