• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » जंगलमा काठ तस्कर र वन रक्षकबिच गोली हानाहान
जंगलमा काठ तस्कर र वन रक्षकबिच गोली हानाहान

 पुस  १९ । रौतहट स्थित विश्रामपुरको जंगलमा काठ तस्कर र वन रक्षकबिच  गोली चलेको छ ।हतियार सहित काठ तस्करीका लागी जंगलमा पुगेका तस्करहरु र वन रेन्जपोष्टका रक्षक विच दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

काठ तस्करहरुले काठ सर्लाही तर्फ ल्याउंदै गर्दा गस्तीटोलीले उनीहरुलाई जंगलमा देखेपछि दोहोरो गोली चलेको  थियो।
गोली प्रहारबाट मानविय क्षती केही  नभएको प्रहरीले जनाएको छ । दोहोरो गोली चलेको केही समयमै तस्कर फरार भएका थिए । टोलिले त्यहाबाट एक थान टायर गांडा,दुई ओटा रांगा र गाडामा लोड गरिएको काठ समेत बरामत गरेको जनाएको छ ।

तस्करको खोजीकार्य तिब्र बनाइएको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: January 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |