• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » द्वन्द्वपीडितको नाममा आएको एक करोड रकम हिनामिना
द्वन्द्वपीडितको नाममा आएको एक करोड रकम हिनामिना

 पुस १९ ।(रासस)पाँचथर  जिल्लाको दक्षिणी गाविस माङ्जाबुङ र सराङडाँडामा स्थापित फक्ताङ्लुङ चिया उत्पादक कम्पनी प्रालिको सेयर सदस्यहरुको नाममा शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट निकासा भएको एक करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

 कम्पनीका सेयरधनीहरुको नाममा कागजात पेस गरी रकम निकासा गरी हिनामिना गरेको आरोपमा प्रहरीले कम्पनीका कार्यकारी निर्देशक शन्तवीर आङ्देम्बेलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

कम्पनीका सेयर सदस्यहरुले स्थानीय शान्ति समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत कम्पनीको २२ जना सेयर सदस्यको नाममा आर्थिक वर्ष ०६८र०६९ मा निकासा भएको एक करोड ११ लाख रकम आफूहरुले नपाएको र कम्पनीमा पनि लगानी भएको नपाएपछि सो रकम पाउनुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा आङ्देम्बेलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक राकेश थापाले जनकारी दिए।

स्रोतका अनुसार आङदेम्बेलाई पाँच दिनअघि पक्राउ गरिए पनि प्रशासनको निर्देशनमा घटनालाई गुपचुपमा राख्न प्रहरीले प्रयास गरेको थियो। तर सेयर सदस्यहरु नमानेपछि बिहीबार अबेरमात्र निर्देशक पक्राउ परेको खुलेको हो।

प्रकाशित मिति: January 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |