द्वन्द्वपीडितको नाममा आएको एक करोड रकम हिनामिना

कम्पनीका सेयरधनीहरुको नाममा कागजात पेस गरी रकम निकासा गरी हिनामिना गरेको आरोपमा प्रहरीले कम्पनीका कार्यकारी निर्देशक शन्तवीर आङ्देम्बेलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीका सेयर सदस्यहरुले स्थानीय शान्ति समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत कम्पनीको २२ जना सेयर सदस्यको नाममा आर्थिक वर्ष ०६८र०६९ मा निकासा भएको एक करोड ११ लाख रकम आफूहरुले नपाएको र कम्पनीमा पनि लगानी भएको नपाएपछि सो रकम पाउनुपर्ने माग गर्दै प्रहरीमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा आङ्देम्बेलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक राकेश थापाले जनकारी दिए।
स्रोतका अनुसार आङदेम्बेलाई पाँच दिनअघि पक्राउ गरिए पनि प्रशासनको निर्देशनमा घटनालाई गुपचुपमा राख्न प्रहरीले प्रयास गरेको थियो। तर सेयर सदस्यहरु नमानेपछि बिहीबार अबेरमात्र निर्देशक पक्राउ परेको खुलेको हो।
प्रकाशित मिति:
January 03, 2014