• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » तलब वृद्धिको माग गर्दै शिक्षकद्धारा विद्यालय बन्द
तलब वृद्धिको माग गर्दै शिक्षकद्धारा विद्यालय बन्द

  पुस १९ । सरकारी सेवासुविधा सरह तलब वृद्धिको माग गर्दै  नेपाल संस्थागत विद्यालय शिक्षक युनियन नेपाल इस्टु चितवनले आजदेखि चितवनका सबै संस्थागत विद्यालय बन्दको आह्वान गरेको छ ।

 विगतमा प्याब्सनसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै इस्टुले अनिश्चितकालीन विद्यालय बन्दको आह्वान गरेको छ ।

इस्टुको आह्वानसँगै आजदेखि चितवनका १५९ विद्यालयका झन्डै सात हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ भने संस्थागत विद्यालयमा जारी आन्तरिक परीक्षासमेत अन्योलमा परेको छ ।

  इस्टु चितवनका अध्यक्ष विष्णुबहादुर भुजेलले आफूहरूसँग भएको सम्झौता कार्यान्वयन गर्नका  लागि दबाब दिने उद्देश्यले बाध्य भएर विद्यालय बन्दजस्तो अप्रिय निर्णय लिएको बताए।

 आन्दोलनरत शिक्षकहरूले १८ प्रतिशत तलबमा वृद्धि तथा एक हजार भत्ता उपलब्ध गराउनुपर्ने माग गर्दै आएका छन् । शिक्षकहरूजस्तो बौद्धिक जमातले विद्यालय बन्द गराएको भन्दै सरोकारवालहरूले बन्द फिर्ता लिएर समस्याको समाधान खोज्न आग्रह गरेका छन् । रासस

प्रकाशित मिति: January 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |