• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अध्यक्षद्धारा वृद्धाश्रमबाटै बृद्धा निकालिए
अध्यक्षद्धारा वृद्धाश्रमबाटै बृद्धा निकालिए

पुस २१ । नेपालगन्ज–१३ स्थित भेरी वृद्धाश्रममा महिनौदेखि आश्रय लिइरहेका दुईजना अत्यन्तै अशक्त वृद्धालाई आश्रमका
अध्यक्ष युवराज शर्माले अशक्त भन्दै आश्रमबाट निकालेका छन् ।


शीतलहर, बाक्लो कुहिरो र तीन दिनदेखि घामसमेत नलागेको अवस्थामा नेपालगन्ज बजारको फुटपाथमा चिसोले छटपटाइरहेका आफ्नो नामसमेत उच्चारण गर्न नसक्ने ती वृद्धालाई कठ्याङ्ग्रिएको अवस्थामा नागरिकले देखेपछि  अध्यक्षको यस्तो कर्तुत बाहिर आएको हो ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले तत्काल वृद्धाश्रमका अध्यक्ष शर्मालाई अनुनय–विनय गर्दासमेत उनले शुरुमा आनाकानी गरेपछि प्रहरी र स्थानीय बासिन्दाको दबाबपछि ती वृद्धालाई पुनः आश्रम पु¥याइएको छ ।

आफ्नो सरसफाई आफैले गर्न नसकेको भन्दै उनीहरुलाई यसअघि पनि स्थानीय बागेश्वरी मन्दिरको पिँढीमा बस्न अध्यक्ष शर्माले निकालेका थिए, त्यस बखत पनि प्रहरीले नै उनीहरुलाई आश्रम पु¥याएको थियो,” आश्रमका छिमेकीहरु बताउँछन् ।

विभिन्न दाताको सहयोगमा खोलिएको वृद्धाश्रमका अध्यक्ष शर्माले वृद्धवृद्धालाई गरेको यस्तो व्यवहारलाई मानवअधिकारकर्मीहरुले ‘ अमानवीय’ भनी टिप्पणी गरेका छन् ।(रासस )

प्रकाशित मिति: January 05, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
गृह पृष्ठ |