मंगल ग्रहमा जान छानिए समीर न्यौपाने
पुस २२ ।मंगल ग्रहमा जान आवेदन छनौट भएका १ हजार ५८ जना मध्ये एक जना नेपाली पनि जाने भएका छन् ।मंगल ग्रहमा मानव सदाका लागी लौजाने योजना अनुसार नेदरल्याण्डस्थित ‘मार्स वान’ संस्थाले छानेका मध्ये एक जना नेपाली मंगल ग्रह जाने भएका हुन् ।
यस्तो मौका पाउनेमा पाल्पा रामपुरका समीर न्यौपाने रहेका छन् ।
मार्स वानले पहिलो चरणको नामावाली सार्वजनिक गरेपनि अन्य पनि छनोट गर्न बाँकी छ ।
प्रत्येक २\२ वर्षमा ४ जनालाई मंगल ग्रहमा पठाउने योजना बनाएको मार्स वानले सन् २०२४ मा पहिलोपट ४ जनालाई पठाउने तयारी गरेको छ ।
उनीहरुलाई त्यहाँ पठाउनुअघि विभिन्न मंगल ग्रहको जस्तै वातावरणमा राखेर परीक्षण गरिनेछ । परीक्षणमा पास भए उनी मंगल ग्रह जानेछन् ।
विज्ञान विषय लिएर प्लस टु पढिरहेका समीर आफू मंगलग्रह जानेमा विश्वस्त छन् ।
मार्स वानले बायो डाटा सहित ग्रहमा जान खोज्नुका कारणसहितको ३ मिनेटको भिडियो र तीनवटा प्रश्नको जवाफ पठाएका थिए । मंगल ग्रहमा जानको लागि विश्वभरबाट २ लाख भन्दा बढीले आवेदन दिएका थिए ।
प्रकाशित मिति:
January 06, 2014